कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ ।

अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ फालेर आगो लगाएको त्यहाँका सुरक्षाकर्मीहरुले जनाएका छन् । बसमा रहेका ६ जना यात्री सुरक्षित रहेका छन् भने ११ जना घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा ४८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । पन्जाबीमूलका २९ वर्षीय भारतीय नागरिक मनमीत अलीशेर विगत ५ वर्षदेखि अष्ट्रेलियामा बसचालकका रुपमा कार्यरत् रहेको बुझिएको छ ।

उनी चालकमात्र नभइ गायक र नृत्यकार पनि रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । उनी चाँडै नै विवाह बन्धनमा बाँधिदै थिए । घटनाबारे अनुसन्धान जारी छ । (एजेन्सी)

Related News