फिलिपिन्समा माओवादी विद्रोहीसँगको बार्ता अन्त्य

साझासवाल
1 Min Read

माघ २३, मिनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गर्नुभएको छ ।

माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गर्नुभएको हो । फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्न भन्दै केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो ।

शनिबार साँझ उहाँले भन्नुभयो, “मैले हाम्रा सिपाइहरुलाई लामो युद्धको तयारी गर्न भनिसकेको छु, हाम्रो पुस्ता रहने बेलासम्म यहाँ शान्ति स्थापना हुने भएन ।” गत अगस्तमा दुवै पक्षले छुट्टाछुट्टै आ–आफ्नै तरिकाले युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामपछि रोममा लामो समयसम्म लगातार शान्ति बार्ता भएको थियो ।

सरकारीतर्फबाट युद्धविराम अन्त्य भएको घोषणा गर्नेक्रममा राष्ट्रपति डुटेर्टेले पत्रकारसँग भन्नुभयो, “म ती विद्रोही माओवादीका नेतासँग बार्ता गर्न इच्छुक छैन, अव म कुनैपनि विषयमा उनीहरुसँग कुराकानी गर्न अस्विकार गर्दछु ।”

“हामी ५० वर्षदेखि लडिरहेका छौँ, यदी युद्धलाई तपाईहरु अझै ५० वर्षसम्म लम्व्याउन चाहनुहुन्छ भने हामीपनि सुखीका साथ त्यसको सामना गर्न तयार छौँ ।” विद्रोहीहरुलाई चेतावनी दिँदै उहाँले भन्नुभयो ।

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीले सन् १९६८ देखि गरिरहेको विश्वकै सबैभन्दा लामो युद्धका कारण अहिलेसम्म झन्डै ३० हजार जना मारिएको सेनाले जनाएको छ । रासस/एएफपी

Share This Article
Leave a Comment

Leave a Reply