२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय चन्द्रयान -२ को हार्ड ल्याण्डिङ, नासाले जारी गर्‍यो नयाँ तस्बिर

२०७६, १० आश्विन शुक्रबार ०८:४३

असोज १०, एजेन्सी | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान – टु ल्याण्डिङ साइटका केही नयाँ र ‘हार्ड रिजोलुसन’ तस्बिर सार्वजनिक खिचेको छ | सेप्टेम्बर २६ मा यी तस्बिरहरु सार्वजनिक गर्दै भनेको छ | ‘हामीले भारतको चन्द्रयान–टु को विक्रम ल्याण्डरको ल्याण्डिङ साइटका यी तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा खिचिएको हो त्यसकारण ल्याण्डरको स्थितीबारे पत्ता लाग्न सकेको छैन । अक्टोबर महिनामा धेरै प्रकाश हुँदा थप तस्बिर लिइनेछ ।’

नासाले आफ्नो वेबसाइटमा राखेको  जानकारी अनुसार चन्द्रयान–टु को विक्रम ल्याण्डरले सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्याण्डिङ गरेको थियो अर्थात् यो बेस्सरी ठोक्किएको थियो | यी तस्बिर ‘लूनर रिकन्सेन्स आर्बिरट क्यामरा’ बाट खिचिएको हो । यो क्यामरा १७ सेप्टेम्बरमा ल्याण्डिङ साइटको माथिल्लो भाग हुँदै गुज्रिएको थियो । तस्बिर केन्द्रभन्दा १५० किलोमिटर टाढाबाट लिइएको छ | नासाले अहिलेसम्म आफ्नो टिमले विक्रम ल्याण्डरको तस्बिर खिच्न वा उसको लोकेशनबारे पत्ता लगाउन सफल नभएको बताएको छ |


वेबसाइटमा बताइए अनुसार जब यी तस्बिर खिचियो तब अँध्यारो थियो र विक्रम ल्याण्डर ठूल्ठूला छायाँमा कतै लुकेको हुनसक्ने आशंका गरेको छ | नासाले जनाइए अनुसार स्पेसक्राफ्ट कुन लोकेशनमा ल्याण्ड भयो अहिलेसम्म निश्चित रुपमा भन्न सकिँदैन ।

भारतको चन्द्रयान–टु विक्रम ल्याण्डर सेप्टेम्बर सातमा चन्द्रमाको सतहमा ल्याण्ड गर्नु पर्थ्यो | चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने भारतको यो पहिलो प्रयास थियो जुन सफल हुन सकेन । विक्रम ल्याण्डरले एक समथर धरातलमा ल्याण्डिङको कोसिस गरेको थियो तर यो आशा गरे अनुसार हुन सकेन र त्यसपछि इसरोसँग यसको सम्पर्क टुटेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना