उडीरहेको यात्रुवहाक विमानमा बम राखिएको चेतावनीपछि आकस्मिक अवतरण

साझासवाल
1 Min Read

साउन २, काठमाडौँ |  युकेबाट नर्वे जाँदै गरेको रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ ।

विमानमा वम रहेको चेतावनी पछि विमानलाई आपतकालीन अवतरण गराउँदा विमानस्थलमा विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारका अन्य उपायलाई तयारी अवस्थामा राखिएको थियो  ।

“विमान सुरक्षितरूपमा अवतरण भएको छ, विष्फोटक पदार्थबारे थप जानकारी भैनसकेको तर विमानबाट यात्रुहरूलाई सुरक्षित निकाल्न थालिसकिएको छ,” नर्वेली प्रहरीको ट्वीटर सन्देशमा उल्लेख छ । “‘विस्फोटक पदार्थ’लाई व्यवस्थापन गरिएको छैन ।”

सार्वजनिक प्रसारक एनआरकेका अनुसार विमान लन्डनबाट प्रस्थान गरेको थियो । समाचार तयार पार्दासम्म अवस्थाबारे थप विवरण उपलब्ध गराइएको छैन ।

Share This Article
Leave a Comment

Leave a Reply