कहिले आउँछ कोरोना भ्याक्सिन ? यस्तो छ तयारी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

कार्तिक २३, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ ले संसार नै ठप्प बनेको छ | दिन प्रतिदिन यसको संक्रमण बढ्दै गएको छ भने मानिसहरुको मृत्युदर पनि बढिरहेको छ | विश्वका विभिन्न देशहरु कोरोनाको औषधिको खोजीमा लागिरहेका छन |

सोहि क्रममा एस्ट्राजेनेका फार्मासियुटिकल्स पनि कोरोना बिरुद्धको खोप निर्माणमा लागिरहेको छ | एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ | परीक्षणको तेस्रो चरणमा पुगिसकेको उक्त खोपले कोरोनासंग लड्न सघाउने बताइएको छ |

एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी आगामी डिसेम्बर अन्त्यसम्ममा तयार भइसक्ने समेत बताएका छन् | डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्ने एस्ट्राजेनेकाका सिइओ पास्कल सोरियटको भनाइ छ |

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार यो खोप पुनः लगाउन पर्ने हुनसक्ने अनुमान गरिएको छ | एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको भए पनि प्रत्यक्ष सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो |

एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले सम्झौता गरिसकेका छन् | उक्त खोप चिनमा समेत परिक्षण भइरहेको जनाइएको छ | त्यस्तै रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ |

भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ | अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ भने, जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको जनाइएको छ | -एजेन्सी

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply