कात्तिक ३, इस्लामावाद | एजेन्सी | पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् ।

दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

सात जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उनका भाइबिरुद्ध प्रहरीमा उजुरी गरिएको छ । आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् । कामबाट फर्किने क्रममा बिहानै घरमा आगो लागिरहेको उनले बताए ।

उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए । आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ ।

Related News