2026-06-20 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति

आज २२ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

जर्मनीमा पहिलो महिला चान्सलर


सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन् । मर्केलले सन् २००५ देखि जर्मनीमा एकछत्र शासन गर्दै आएकी छिन् । सन् २००२ देखि सन् २००५ सम्म प्रमुख विपक्षी दलकी नेतृ रहेकी मर्केल सन् २००२ देखि सन् २००८ सम्म क्रिश्चियन डेमोक्रयाटिक युनियनको नेतृ बनेकी थिइन् ।

युक्रेनमा ओरेन्ज रिभोलुसन

निर्वाचित सरकारले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा युक्रेनका विपक्षीले सन् २००४ मा ठूलो आन्दोलन गरेका थिए । ओरेन्ज रिभोलुसन नाम दिइएको सो क्रान्तिपछि देशमा निर्वाचन प्रणालीमा सुधार आएको थियो । सोही क्रान्तिको स्मरणमा सन् २००५ को २२ नोभेम्बरलाई स्वतन्त्रता दिवस घोषणा गरिएको थियो । 

पहिलो एनिमियटेड चलचित्र

सन् १९९५ मा निर्माण गरिएको टोरी स्टोरी कम्प्यु्टरबाट एनिमियटेड गरिएको पहिलो चलचित्र हो । मानवजस्तै एउटा खेलौनाको साहसमा आधारित यस चलचित्रले ओस्कारलगायत अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो ।

टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पिनको उपाधी विश्व बक्सिङ परिषद्ले सन् १९८६ मा चर्चित बक्सिङ खेलाडी माईक टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियन घोषणा गरेको थियो । च्याम्पियन घोषित हुँदा उनी २० वर्षका थिए ।

जोन अफ केनेडीको हत्या

सन् १९६३ को २२ नोभेम्बरमा अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केनेडीको हत्या गरेका थिए । केनेडी पदमै रहँदा हत्या हुने चौथो अमेरिकी राष्ट्रपति हुन् । यसअघि अब्रांहम लिंकन, जेम्स अब्रांहम गारफिल्ड र विलियम म्याकिन्लेको पनि पदमा रहेकै बेला हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ