मंसिर १२, काठमाडौं, एजेन्सी | सुडान र इथोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भीडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ ।

सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथोपियातर्फ समेत ठूलो मानवीय एवं भौतिक क्षति भएको उल्लेख छ । ‘बालीनालीको सुरक्षाका लागि अल फशाकामा तैनाथ हाम्रो फौजमाथि किसानलाई धम्क्याउँदै बालीनाली नष्ट गर्न खोजेका इथोपियाली सेना र मिलिसियाले आक्रमण गरेका थिए’,विज्ञप्तिमा भनिएको छ।

सेनाको विज्ञप्तिमा सुडानी सेनातर्फ ‘कैयौं मारिएको’ उल्लेख गरिए पनि ज्यान गुमाउनेको संख्या उल्लेख गरिएको छैन । तर रोइटर्स समाचार माध्यमले सैनिक स्रोतलाई उदृत गर्दै आक्रमणमा परी कम्तिमा ६ जना सुडानी सेना मारिएको जनाएको छ।

विवादित बन्दै आएको अल फशाका क्षेत्रमा लामो समयदेखि इथोपियाका किसानले खेतीपाती गर्दै आएका छन् । तर सुडानले उक्त क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ।

Related News