कतार र टर्कीद्वारा तालिवानसँग काबुलको विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

साझासवाल
1 Min Read

पुस १०, काठमाडौँ | टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।

उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । "दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्," स्रोतहरूले भने।

टर्की-कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले रिपोर्ट गरेको छ ।

यसअघि अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भइसकेपछि कतारको प्राविधिक टोलीले काबुल अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरेको थियो ।

अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानभरि अन्तरराष्ट्रिय र स्थानीय उडानहरू स्थगित गरिएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply