भारतमा थप दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

साझासवाल
2 Min Read

माघ ४, काठमाडौँ | एजेन्सी | भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख  ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार एक दिनअघिको २४ घण्टामा दुई लाख ५८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक सङ्क्रमितको संख्या मङ्गलबार २० हजार ७१२ जना कम थियो ।

भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाख भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ८९१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५७ हजार ४२१ रहेको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ७६१ रहेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ४ लाखभन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply