रुस-युक्रेन तनाव : अमेरिकी निशानामा रुसी ग्यास पाइपलाइन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | अमेरिकाले रुसले युक्रनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइनलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसको नर्ड स्ट्रिम २ पाइपलाइन प्रोजेक्ट अगाडि बढ्न नसक्ने चेतावनी दिएको हो।

उनले भने, ‘म के स्पष्ट पार्न चाहन्छु भने यदि रुसले युक्रेनमाथि एक वा दोस्रो कुनै तरिकाले आक्रमण गरे नर्ड स्ट्रिम २ अगाडि बढ्न सक्दैन।’ नर्ड स्ट्रिम पाइपलाइन बाल्टिक सागर हुँदै जर्मनीसम्म जान्छ। जसबाट जर्मनीको ऊर्जा आवश्यकता पूरा हुने विश्वास लिइएको छ।

युक्रेन अझै पनि अहिलेकै पाइपलाइनमा निर्भर छ। उसलाई नर्ड स्ट्रिम पाइपलाइन प्रोजेक्टले पनि छोएको छैन। युक्रेनको सीमामा करिब १ लाख रुसी सैनिक तैनाथ गरिएको छ। यससँगै रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका झनै बढाएको छ।

पछिल्ला केही दिनयता रुस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ। दुई देशबीचको तनावमा अमेरिकाको प्रत्यक्ष संलग्नताले ‘युद्ध’को सम्भावना बढेर गएको आंकलन गरिएको छ। यद्यपि रुसले भने आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply