समाज | रामेछाप - RMC


रामेछापमा विव्यस अध्यक्षले आफ्नै सदस्य कुटे

Posted on November 27, 2016 | views : 2299 | रामेछाप - RMC

मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् । गेलुको मनकामना मावि नाटिलाका अध्यक्ष युवराज श्रेष्ठले सोही विद्यालयका व्यवस्थापन समिति सदस्य हेमबहादुर बूढाथोकीलाई शनिबार साँझ कुटपिट गरी घाइते बनाएका हुन । बूढाथोकीको बाया

Read More

सातौं बृहत् पुस्तक प्रदर्शनीमा बिक्रि मध्यम

Posted on November 24, 2016 | views : 753 | रामेछाप - RMC

प्रज्वल पौडेल/मङ्सिर ९, काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको "सातौं बृहत् पुस्तक प्रदर्शनी–२०७३"मा सोचेजति पुस्तक विक्रि नभएको विक्रेताहरूले जनाएका छन् ।  पुस्तक प्रदर्शनीमा आउने मानिसको संख्या कम भएकाले नै अघिल्ला मेलाहरूको तुलनामा कम व्यापार भएको साङ्ग्रिला पुस्तक पसलले जनाएको छ ।

Read More

विद्यार्थीले प्रेम विवाह गरेपछि विद्यालय प्रवेशमा रोक

Posted on November 20, 2016 | views : 1197 | रामेछाप - RMC

मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।  गुन्सीस्थित सतलिङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगरले कात्त

Read More

गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिबिर संचालन हुने

Posted on November 12, 2016 | views : 675 | रामेछाप - RMC

प्रज्वल पौडेल । कात्तिक २७,रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्लाको दुर्गम भेगमा बसोवास गर्ने नागरिकहरुलाई घरदैलोमा सरकारी सेवा दिने उद्देश्यले मंसिर ७ गते  घुम्ती शिबिर संचालन गर्न लागिएको हो ।  शिविरमा नेपाली नाग

Read More

रामेछापमा ग्याँस कालोबजारी गर्ने एक व्यापारी पक्राउ

Posted on November 12, 2016 | views : 2036 | रामेछाप - RMC

प्रज्वल पौडेल ।कार्तिक २७,रामेछाप ।  रामेछाप जिल्लामा एल पी ग्यासको प्रचलित मूल्य भन्दा बढि लिएर बिक्रि गर्ने एक व्यापारी पक्राउ परेका छन् ।  रामेछाप नगरपालिका वडा नं. ५ रामेछाप डाँडा स्थित योञ्जन ग्यास स्टोर्स एण्ड सप्लायर्सका सन्चालक अमित कुमार तामाङगलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 7379 | रामेछाप - RMC

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

Posted on September 28, 2016 | views : 1394 | रामेछाप - RMC

असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ ।  कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देव

Read More

रामेछाप प्रहरी निरन्तर अप्रेशनमा,चाेरीकाे अाराेपमा २ जना पक्राउ

Posted on September 27, 2016 | views : 567 | रामेछाप - RMC

असाेज १२, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २ जनालाई पक्राउ गरेको छ । गत ६ गते राती १० बजे मन्थली नगरपालीका १ का उद्धव केसिको घरमा तोडफोड गरी धनमाल चोरी गरेको आरोपमा प्रहरीले मन्थली नगरपालीका ४ का झलक बहादुर खत्रीका १७ बर्षिय छोरा अबिशेक खत्री र मन्थली नगरपालीका १ का दिनेश खत्रीका छोरा २०

Read More

रामेछापमा प्रहरीद्वारा १० जनालाई पक्राउ

Posted on September 27, 2016 | views : 2671 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ११ / काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय रामेछापले १० जनालाई पक्राउ गरेको छ ।   सोमबार विहान  - राती १ बजेसम्म मन्थली नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै बसेको अबस्थामा पक्राउ गरि सोमबार   दिउँसो   सार्वजनिक गर

Read More

रामेछापमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

Posted on September 24, 2016 | views : 927 | रामेछाप - RMC

असोज ८, रामेछाप । रामेछाप जिल्लामा लैङ्गिक हिंसा न्यूनिकरणको लागि आत्मरक्षा सम्बन्धी एक दिने तालिम शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्लामा दिनहुँ जस्तो लैङ्गिक हिंसाका डर लाग्दा घटनाहरू घटिरहेकाे न्यूनिकरण गर्ने मुख्य उद्देश्यले राखिएको तालिममा जिल्लाका विभिन्न गाविसका गरी १३० जना दलित तथा गैरदलित

Read More

रामेछापलाई भोली साक्षर जिल्ला घोषणा गरिदै

Posted on September 20, 2016 | views : 1150 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज ४¸रामेछाप । रामेछाप जिल्लालाई बुधबारबाट साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा मन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्तामा जिल्ला शिक्षा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाइ साक्षर घोषणा गर्न लागेको हो । जिल्लामा रहेको कुल जनसंख्या मध्ये

Read More

प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा

Posted on September 19, 2016 | views : 1278 | रामेछाप - RMC

असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो ।  समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र

Read More

हिमगंगा यातायात प्रा.ली मन्थलीको औपचारीक उद्घाटन

Posted on September 17, 2016 | views : 1384 | रामेछाप - RMC

प्रज्वल पौडेल । असोज १,रामेछाप सवारी साधन संचालन गर्दा यात्रूलाई मध्यनजर गर्दै सर्वसूलभ र गुणस्तरीय सेवा दिनुपर्ने सरोकारवालाहरुले जोड दिएकाछन् । उनीहरुले यातायात व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्र्न समेत माग गरेका छन् । विश्वकर्मा पुजाको अवसरमा आज सदरमुकाम मन्थलीमा हिमगंगा यातायात प्रा.ली मन

Read More

रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ चालकको निधन

Posted on September 16, 2016 | views : 3978 | रामेछाप - RMC

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईते भएका छन् ।  शुक्रबार दिउसो  सदरमुकाम मन्थलीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सिन्धुली जिल्ला लाम्पाङटार ८ का नविन कार्कीको ज्यान गएको हो । 

Read More

रेडक्रस साेसाईटी रामेछापको अध्यक्षमा कार्कि निर्वाचित

Posted on September 15, 2016 | views : 631 | रामेछाप - RMC

प्रज्वल पाैडेल, भदाै ३० ।  नेपाल रेडक्रस सोसाइटी रामेछापमा शिवकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ । बुधबार भएको १० औं जिल्ला अधिवेशनमा कार्कीले प्रतिद्वन्दी झम्क कँडेललाई हराउदै अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे।  १२ सदस्य र एक सभापतिको निर्वाचन प्रक्रियामा सदस्य पदको लागि १

Read More

नामाडीमा सामाजिक जवाफदेहिता तालिम

Posted on September 02, 2016 | views : 715 | रामेछाप - RMC

प्रज्वल पाैडेल | भदाै १७, रामेछाप ।  गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको लागि आयोजना गरिएको दुई दिने सामाजिक जवाफदेहिता सम्बन्धि तालिम शुक्रवार नामाडी गाविसमा सम्पन्न भएको छ ।स्थानीय निकाय सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यविधिले गरेको प्रावधान अनुसार आयोजनाहरुक

Read More

पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्योः बरिष्ठ पशुविकास अधिकृत थापा

Posted on August 31, 2016 | views : 659 | रामेछाप - RMC

प्रज्वल पौडेल, भदौ १५, रामेछाप ।  पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिमा गरिएका पशुमा  भैसी ९७ वटा

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 13566 | रामेछाप - RMC

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

रुखले किचेर रामेछापमा एक जनाको मृत्यु

Posted on August 30, 2016 | views : 1180 | रामेछाप - RMC

प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ ।  मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  दमाई बारीको कान्लामा रुख काट्दै गर्दा रुख आफूतिर आएको देखेर ज्यान जोगाउन भाग्ने क्रममा नजिकैको सा

Read More

मन्थली नगरपालिका पुर्ण खोप नगरपालीका घोषणा

Posted on August 13, 2016 | views : 545 | रामेछाप - RMC

प्रज्वल पाैडेल | साउन २९,रामेछाप |  रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिएकाे छ । सदरमुकाम मन्थलीमा शनिबार मन्थली नगरपालिका र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रकाे आयोजना भएकाे एक कार्यक्रम घाेषणा गरिएकाे हाे । कार्यक्रममा प्रमुख अाथित्यता ग्रहण गर्दै सांसद आङटावा श

Read More

सुमित श्रेष्ठको नेतृत्वमा प्रेस सेन्टर रामेछापमा नयाँ कमिटी गठन

Posted on August 13, 2016 | views : 1073 | रामेछाप - RMC

प्रज्वल पौडेल | साउन २९, रामेछाप | प्रेस सेन्टर नेपाल रामेछापको एकताको जिल्ला सम्मेलन शनिबार सदरमुकाम  मन्थलिमा सम्पन्न भएको छ । सम्मेलनले सुमित श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।  नव गठित कमिटीको उपाध्यक्षमा सुदर्शन रायमाझि, सचिवमा सञ्जीब श्रेष्ठ, सह–सचिवमा ललित

Read More

रेडक्रस उपशाखा नागदहको अधिबेशन सम्पन्न

Posted on August 12, 2016 | views : 571 | रामेछाप - RMC

साउन २८,  रामेछाप  ।  रेडक्रस उपशाखा नागदह रामेछापको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले सभापतिमा आश बहादुर तामाङ  उपसभापतिमा लेखनाथ दाहाल, सचिवमा लिला बहादुर बस्नेत, सहसचिवमा कैलाश तिम्लसेना र कोषाध्यक्षमा मैया तामाङलाई निर्विरोध चयन हुनुभएकोे छ । रेडक्रस रामेछापका जिल

Read More

मन्थली नगरपालिकाले एकिकृत सम्पति कर लागु गर्ने

Posted on August 06, 2016 | views : 729 | रामेछाप - RMC

प्रज्वल पौडेल/साउन २२, रामेछाप । मन्थली नगरपालिकाले यस आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ ।  नगरपालिकाले शनिबार सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरि एकीकृत सम्पत्ति कर लागु गर्ने तयारीबारे जानकारी गराएको हो । मन्थलि नगरपालिका भित्र जग्गाजमिन भएका सर्बसाधारणहरुले आफ्नो जग्गा र उक्

Read More

रामेछापमा चट्याङ लागेर एक बालिकाको मृत्यु

Posted on August 06, 2016 | views : 326 | रामेछाप - RMC

प्रज्वल पौडेल/साउन २२, रामेछाप । चट्याङ लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।  बेलुका करिब साढे ८ बजेतिर परेको चट्याङले पुरानागाउँ(१ का झनक बहादुर श्रेष्ठकी साढे २ बर्षीय छोरी निरुता श्रेष्ठको चट्याङ लागेर मृत्यु प्रहरीले जनाएको छ ।  मृतक बालिकाको शव शनिबार पोष्टमार्टम गरि परिवारलाई

Read More

भैसिले हानेर एक महिलाको मृत्यु

Posted on August 05, 2016 | views : 2684 | रामेछाप - RMC

प्रज्वल पाैडेल | साउन २१, रामेछाप |  रामेछापको कठजोरमा भैसिले हानेर शुक्रबार विहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बिहान ३ बजेतिर मन्थलि नगरपालिका वडा न ५ कठजाेरमामा अाफ्नै घरकाे भैसिले किलो उखेलेपछि समातेर बान्ने क्रममा भैसिले हान्दा मिना बुढाथोकिको मृत्यु भएको हो । भैसिले मृतक बुढाथोकि

Read More

रामेछापको गेलु पहिरोको उच्च जोखिममा, ५ घर विस्थापित

Posted on August 03, 2016 | views : 742 | रामेछाप - RMC

प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप ।  रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा परेको हो । पहिरोले गाउँनै जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन । बिस्थापित भएका परिवार यतिबेला आफन्तकोमा साहा

Read More

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

Posted on August 03, 2016 | views : 1885 | रामेछाप - RMC

प्रज्वल पौडेल | साउन १९, रामेछाप | रामेछापको नागदह- ७ लामागाउँमा आज विहान मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते भएका छन् ।  बा २ ख ११६८ नं को मिनिट्रक सदरमुकाम  मन्थलीबाट धोवी बजारमा बुधबारे हाटमा सामान विक्रि गर्न लिएर जाँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाईतेमध्ये ७ जनालाई उपचारका ल

Read More

मन्थलीमा स्तनपान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Posted on August 02, 2016 | views : 479 | रामेछाप - RMC

साउन १८, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिश्व स्तनपान सप्ताहका अबसरमा स्तनपान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको कार्यक्रममा स्तनपान सम्बन्धि विविध जानकारी दिइएको हो ।  स्तनपान : दिगो बिकासको पमुख आधार नारा

Read More