८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

१७ बर्षपछि फरार अभियुक्त रामेछाप प्रहरीद्वारा पक्राउ

२४ असार २०७४, शनिबार ०१:४७

प्रज्वल पाैडेल/असार २४, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले १७ बर्षपछि एक अभियुक्तलाई पक्राउ गरेकाे छ ।

कुटपिट र कर्तव्य गरि हत्या गरेर फरार भएका अभियुक्त मध्येका गाेश्वाराका सार्की मगरलाई प्रहरीको बिशेष टोलीले बिहीबार साँझ पक्राउ गरेकाे हाे ।
पक्राउ परेका मगरलाई रामेछाप जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

२०५७ साल माघ २९ गते रामेछापकाे साविक गौश्वरा गाविस वडा न.७ (हाल दोरम्बा गाउँपालिका वडा न. ४) बस्ने धिर्ज बहादुर थापामगरको ५० बर्षिय बुबा मान बहादुर थापामगरलाई अभियुक्त सार्की मगर लगायत ४ जनाले कुटपिट कर्तब्य गरी हत्या गरेकाे बताइएकाे छ ।


मान बहादुर थापामगरले सामुदायिक वनमा घाँस काटेको विषयलाई लिएर उनकाे हत्या भएको उल्लेख छ । फरार रहेका अभियुक्तहरूलाई खोजतलासको सुचीमा राखिएकोमा जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीका बिशेष टोलीले खोज तलास गर्दै जाने क्रममा मन्थली बजारबाट पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने