४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली बजारमा व्यापार किन सुस्तायो ? यस्तो छ कारण

२ मंसिर २०७४, शनिबार ११:२९

मङ्सिर २, मन्थली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गाउँ गाउँमा चुनार्वी चहलपहल बढे पनि मन्थली बजार भने सुनसान जस्तै देखिन्छ । 

सवारीसाधन र मानिसको आउजाउ कम भएकाले त्यसबाट व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव परेको व्यवसायीले बताएका छन् । चुनावको दबाब र सवारीसाधनलाई रुट परमिट नभएका कारण मालबाहक सवारीसाधन मन्थली छिर्न नपाएका उनीहरुले बताउँछन् । 

सहयात्री इन्टरप्राइजेजका सञ्चालक महेश्वर कर्माचार्यले अहिले खेतीपातीको समय भएकाले र राजनीतिक दलमा आबद्ध व्यक्ति चुनाव प्रचारमा गाउँगाउँ हिँडेकाले बजारमा चहलपहल कम देखिएको बताउनुभयो । 


तीन सातादेखि बजार सुनसानजस्तै देखिएको छ । सरकारी कर्मचारी पनि निर्वाचनका लागि गाउँ छिरेकाले त्यसको प्रभाव बजारमा देखिएको उहाँको भनाइ छ । 

उद्योग वाणिज्य संघ, रामेछापका अध्यक्ष श्याम थापाले चुनावको दबाबले गाउँबाट मानिस बजार नआएको बताउनुभयो । मालबाहक सवारीसाधनको विवादले सवारीसाधन मन्थली नछिरेका जानकारी पनि उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो– “मालबाहक सवारीसाधन भित्र्याउने विषय पुरानो भएको हो, मालबाहक सवारीसाधन नआउँदा पुनःनिर्माणसम्बन्धी काम प्रभावित भएको छ ।” बजारमा चहलपहल नभएका कारण मासिक रु दुई करोड घाटा व्यवसायीले व्यहोर्नुपरेको बताइएको छ । 

अध्यक्ष थापाले यस्तो समस्या लामो समयसम्म रहे त्यसले व्यवसायी पलायन हुने र रोजगारी गुम्ने खतरा रहने उल्लेख गर्नुभयो । यसबारे पटकपटक सम्बन्धित मन्त्रालय र स्थानीय प्रशासनलाई जानकारी दिइसकिएको पनि उहाँले बताउनुभयो । आगामी मंसिर १० गते रामेछापमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हँुदैछ । युवराज पाण्डे/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज