प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ । रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ । रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप साँस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै

३१ भाद्र २०७४, शनिबार ०१:०७


प्रज्वल पाैडेल/भदाै ३१, काठमाण्डौ ।
रामेछाप सांस्कृतिक कलाकार समाजले दशैँ- तिहारको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाण्डाै सामाखुसिस्थित स्काई पार्टि प्यालेसमा अाज (शनिवार) रामेछापका सांसद एवं गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठद्धारा कार्यक्रम उद्घाटन गर्ने अायाेजकले जनाएकाे छ । त्यसैगरी रामेछापका माननीय सांसद अाङटावा शेर्पा र कमला सुवेदीकाे विशिष्ट अातिथ्यता रहने उक्त रामेछापका महत्त्वपूर्ण व्यक्तित्वहरूकाे सहभागीता हुने समाजका अध्यक्ष प्रकाश कटुवाललले जानकारी दिनुभयाे ।

कार्यक्रममा रामेछाप जिल्लामा जन्मिएर विभिन्न विद्यामा उत्कृष्ठ हुने १० जना व्यक्तिहरुलाई समाजले सम्मान गर्ने वरिष्ठ उपाध्यक्ष रामकुमार पाैडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार सम्मानित हुनेहरुमा सहसचिव बेदबहादुर कार्की,पत्रकार मात्रिका पाैडेल,खेलाडी भावना सुनुवार,अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेसम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृत बहादुर सुनुवार र समाजसेवी रमेशबाबू श्रेष्ठ रहनुभएकाे छ ।


रामेछाप लगाएत देशका चर्चित कलाकारहरूकाे प्रस्तुति रहने उक्त बृहत साँस्कृतिक कार्यक्रम विहान ११ बजेबाट सुरू हुनेछ भने दिउँसाे १ बजेबाट अाैपचारिक कार्यक्रम गरिने समाजले जनाएको छ ।

रामेछापका पुर्व सांसददेखि राष्ट्रसेवक कर्मचारीदेखि स्थानिय निर्वाचित सबै गाउँपालिका र नगरपालिकाका प्रमुख,उपप्रमु देखि सबै राजनिती दलहरुका प्रतिनिधि र विभिन्न भातृ संगठनका प्रतिनिधि, कलाप्रेमीहरु सबैलाइ निमन्त्रणा गरिएकाे अायाेजकले जनाएको छ ।

“नयाँलाई प्रोत्साहन, पुरानालाई सम्मान, कलाकारिताको उत्थानको लागि हाम्रो अभियान” मुल नारा सहित स्थापना भएको रामेछाप सास्कृतिक समाजले विगतदेखिनै विभिन्न कार्यक्रम गर्दै आएकाे छ । संस्थाले जिल्लामा नै छुट्टै कार्यक्रमकाे अायाेजना गरिने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह