१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

ज्यानको भिख माग्दै रामेछापका विनोद

२ भाद्र २०७४, शुक्रबार ०६:३९

विष्णु खड्का/ भदौ २, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँैमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो । 

आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन उहाँले सडकमा भोकै र नांगै बास बस्नुपरेको पीडित बस्नेतले बताउनुभयो । टाउकोमा चोट, खुट्टामा चोट, र खुट्टा पूरै सुन्निएका कारण चल्न चट्पटाउनसमेत नसकेको अवस्थामा मानवअधिकारकर्मी तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उहाँका लागि उद्दारक बन्नुभयो । 

साउन २८ गते काठमाडाँैस्थित गौशालाको रातोपुलको छेउमा पूरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको सहारा नपाई सडकको सहारा लिँदै ‘मलाई बचाइदिनुस्’ भन्दै बस्नुभएका बस्नेतको अवस्था देखेपछि परोपकारी समाजसेवी तथा मानव अधिकारकर्मी दुर्गानाथ दाहालको मन पग्लियो र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको लागि दाहालले पु¥याउनुभयो । 

तर शनिबार भएको र त्यहाँ कुरुवा र आफन्त नभएपछि अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो । कतिको ज्यान बचाउँदै आउनुभएका दुर्गानाथलाई यो समस्याबाट आफू कतिपनि विचलित नभई यस्तो अवस्था देखेपछि उहाँले प्रहरी रिपोर्ट बनाई मानवसेवा आश्रम, ललितपुर पु¥याउनुभयो । 

त्यसपछि त्यही आश्रममा डाक्टर बोलाई उपचार गर्दा डाक्टरले कलेजोको खराबी देखाएपछि दाहाल र धर्मप्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उपचार गराउन लगेको र डा बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएको भन्दै तीन दिनसम्म औषधि गरी उहाँलाई अहिले थप उपचार गर्नुपर्ने देखिएको र यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

रामेछापको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा नं ३ बाम्द्रे उहाँको स्थायी घर भएको बस्नेत बताउनुहुन्छ । तर लामो समयसम्म काठमाडौँमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको पनि पीडितबाट बुझिएको छ । 

अहिले पीडित विनोद भने आश्रम र परोपकारी सामाजिक अभियानकर्ता दुर्गानाथको शरणमा हुनुहुन्छ भने सबैको सहयोग मिले आफू कुनै बृद्वाश्रममा नबसी आफैँ कमाएर जीवन चलाउन सक्ने बताउनुहुन्छ । 

उता मानवअधिकारकर्मी दाहालले उहाँको शारीरिक अवस्थाको बारेमा विनोदकी बहिनी कमला बस्नेतलाई पनि जानकारी गराएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु