निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्रा"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा जेब्रा क्रसिङ छ, सडक पेटी छैन

१५ असार २०७४, बिहीबार ०४:१६


निरोज कुमार थापा/असार १५, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजारको मुख्य सडकमा ट्राफिक प्रहरीले अहिले धमाधम जेब्रा क्रसिङ बनाउँदै छ । सडक नियम सिकाउँदै ट्राफिक प्रहरीले सडक डिभिजन कार्यालयसँग कुनै तालमेल नै नगरी जेब्रा क्रस बनाउन थालेको हो ।

 यस अघि पनि ट्राफिक प्रहरीले मन्थलीका मुख्य बजार क्षेत्र देवकोटा चोक, जिल्ला समन्वय समिती रामेछापको मुख्य गेट, बसपार्क लगायतका क्षेत्रमा जेब्रा क्रस बनाएको थियो । गाडीको धुवाँ र घर बनाउन बाटोमा थुपारिएको निर्माण सामग्रीले क्रसिङ स्थल मेटिएपछि फेरी बनाउन थालिएको हो । साँघुरो सडक, सर्वसाधारणको चाप, सडक छेवैमा निर्माण सामग्री थुपारिएको, सवारी पार्किङ स्थल पनि सोही सडक भएका कारण जेब्रा क्रसिङको खासै उपयोग भने भएको देखिदैन । 


ट्राफिक प्रहरीले सडक पेटी नै नभएको ठाउँमा धमाधम जेब्रा क्रस बनाउँदै छ । सडक डिभिजन कार्यालय रामेछापले सडक स्तरोन्नति र सडक पेटी बनाउन कुनै चासो देखाएको छैन । सडक नियम बारे जानकारी दिने प्रहरीको उदेश्य सह्रानिय भएपनि सडक डिभिजनले सडक पेटी नबनाउँदा र सडक मिचेर बनाईएका घर, टहरा भत्काउन नसक्दा ट्राफिक प्रहरीको उदेश्य पूरा नहुने देखिन्छ । 

यस विषयमा रामेछाप प्रहरी प्रवक्ता प्रेम जोशीले भने पहिले नै जेब्रा क्रस भएको ठाउँमा पुनः त्यसलाई सफा गर्ने काम मात्रै भएको बताए । प्रहरीले गरेको काममा सडक डिभिजनको कुनै सम्बन्ध नरहेको उनको भनाई छ । यस बिषयमा जिल्ला ट्राफिकसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी