जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्य"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

प्रमुख नहुँदा दुई महिनादेखि रामेछाप मालपोत कार्यालय ठप्प

२०७४, २६ जेष्ठ शुक्रबार ०६:२४


जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्यालयका निमित्त प्रमुख उद्धवप्रसाद घिमिरे गत ४ वैशाखमा उमेरहदका कारण अवकाश भएसँगै कार्यालय प्रमुखविहीन बनेको हो । मालपोत विभागले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राही हैरानी खेप्न बाध्य भएका छन् । 

निमित्त कार्यालय प्रमुख घिमिरेले सो कार्यालयमा कार्यरत  नायब सुब्बा दलबहादुर श्रेष्ठलाई कार्यालय सञ्चालनको जिम्मेवारी  दिई गएका थिए ।  मालपोत कार्यालय प्रमुखका रूपमा अहिले मालपोतका सुब्बा दलबहादुरले दैनिक कार्यालय सञ्चालन गर्दै आएका छन् । कार्यालयमा आउने दैनिक पास, अंशबन्डाजस्ता कार्य भए पनि जग्गा नामसारी र निर्णयका सबै काम गर्ने अधिकार उनलाई छैन ।

९ जेठमै पठाएका छौँ: विभाग

निमित्त प्रमुखले अवकाश पाएसँगै मालपोत विभागले ९ जेठमा रामेछापमा उपसचिवको दरबन्दी कायम गरी नीरञ्जन रिजाललाई खटाएको थियो । 

प्रमुख आउने भनी विभागको परिपत्र भए पनि कार्यालय प्रमुख अहिलेसम्म जिल्लामा आएका छैनन् ।  उपसचिवको दरबन्दी कायम गरी प्रमुख आउने भन्दै बसेका मालपोतका कर्मचारीले लामो समय कुर्दासमेत नआएपछि पुनः विभागमा जानकारी गराएका थिए । 

त्यसपछि विभागले दोलखा मालपोत कार्यालयका शाखा अधिकृत भक्तबहादुर पाण्डेलाई रामेछापमा खटाएको व्यहोराको पत्र आएको कार्यालयले जनाएको छ । तर, उनी पनि कार्यालयमा हाजिर नहुँदा दैनिक कामकाजमा समस्या भएको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दलबहादुर श्रेष्ठले बताए । उनले भने, ‘गत वैशाखबाटै तत्कालीन निमित्त प्रमुखको बिदाइ भएसँगै अन्य कुनै कार्यालय प्रमुख विभागले नपठाउँदा वैशाखदेखि कर्मचारीले तलबसमेत पाएका छैनन् । 

सेवाग्राहीलाई प्रमुख नभएको भन्दै फर्काउनुपरेको छ ।’ कार्यालयमा अहिले दैनिक ३० देखि ५० वटा जग्गापासको काम आउने र  दैनिक तीनदेखि १० वटासम्म  नामसारी र निर्णयका काम आउने गरेको श्रेष्ठले बताए ।-दिपक भट्ट, नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु