जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्य"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

प्रमुख नहुँदा दुई महिनादेखि रामेछाप मालपोत कार्यालय ठप्प

२६ जेष्ठ २०७४, शुक्रबार ०६:२४


जेठ २६, रामेछाप  । मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख नहुँदा वैशाख महिनादेखि कार्यालयको नियमित कामकाज ठप्प भएको छ । 

मालपोत कार्यालयका निमित्त प्रमुख उद्धवप्रसाद घिमिरे गत ४ वैशाखमा उमेरहदका कारण अवकाश भएसँगै कार्यालय प्रमुखविहीन बनेको हो । मालपोत विभागले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राही हैरानी खेप्न बाध्य भएका छन् । 

निमित्त कार्यालय प्रमुख घिमिरेले सो कार्यालयमा कार्यरत  नायब सुब्बा दलबहादुर श्रेष्ठलाई कार्यालय सञ्चालनको जिम्मेवारी  दिई गएका थिए ।  मालपोत कार्यालय प्रमुखका रूपमा अहिले मालपोतका सुब्बा दलबहादुरले दैनिक कार्यालय सञ्चालन गर्दै आएका छन् । कार्यालयमा आउने दैनिक पास, अंशबन्डाजस्ता कार्य भए पनि जग्गा नामसारी र निर्णयका सबै काम गर्ने अधिकार उनलाई छैन ।

९ जेठमै पठाएका छौँ: विभाग

निमित्त प्रमुखले अवकाश पाएसँगै मालपोत विभागले ९ जेठमा रामेछापमा उपसचिवको दरबन्दी कायम गरी नीरञ्जन रिजाललाई खटाएको थियो । 

प्रमुख आउने भनी विभागको परिपत्र भए पनि कार्यालय प्रमुख अहिलेसम्म जिल्लामा आएका छैनन् ।  उपसचिवको दरबन्दी कायम गरी प्रमुख आउने भन्दै बसेका मालपोतका कर्मचारीले लामो समय कुर्दासमेत नआएपछि पुनः विभागमा जानकारी गराएका थिए । 

त्यसपछि विभागले दोलखा मालपोत कार्यालयका शाखा अधिकृत भक्तबहादुर पाण्डेलाई रामेछापमा खटाएको व्यहोराको पत्र आएको कार्यालयले जनाएको छ । तर, उनी पनि कार्यालयमा हाजिर नहुँदा दैनिक कामकाजमा समस्या भएको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दलबहादुर श्रेष्ठले बताए । उनले भने, ‘गत वैशाखबाटै तत्कालीन निमित्त प्रमुखको बिदाइ भएसँगै अन्य कुनै कार्यालय प्रमुख विभागले नपठाउँदा वैशाखदेखि कर्मचारीले तलबसमेत पाएका छैनन् । 

सेवाग्राहीलाई प्रमुख नभएको भन्दै फर्काउनुपरेको छ ।’ कार्यालयमा अहिले दैनिक ३० देखि ५० वटा जग्गापासको काम आउने र  दैनिक तीनदेखि १० वटासम्म  नामसारी र निर्णयका काम आउने गरेको श्रेष्ठले बताए ।-दिपक भट्ट, नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा