२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘बुद्धधर्ममा नारी समानता छ’

२०७४, ५ आश्विन बिहीबार ०८:३६

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । 

समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा बुधबार संयुक्तरुपमा आयोजित ‘बौद्धदर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तरक्रियामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । 

माता महामाया देवीको निधनपछि राजकुमार सिद्धार्थलाई पालनपोषण गरी हुर्काउनुभएका कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने नेपालका पहिलो महिला थिए । बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि रानी प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधिकार दुई हजार ६०० वर्ष अगाडि गौतमबुद्धले दिनुभएको समानताको सन्देश त्यसबेलाको लागि ठूलो उपलब्धि भएको उनीहरुको भनाइ थियो । 

रानी प्रजापति गौतमीले आफूसँगै ५०० जना महिलालाई पनि भगवान् बुद्धसमक्ष प्रवजित गराई भिक्षुणी बनाउनुभएको थियो । हाल विश्वको रुस, चीन, मंगोलिया, जापान, नेपाल, भारतजस्ता थुप्रै मुलुकमा लाखौँको संख्यामा प्रवज्या लिई भिक्षुणी हुने महिला रहेका छन् । 

विश्वमा हाल एक अर्ब ६० लाख मानिसले बुद्धधर्म ग्रहण गरेका छन् भने यो संसारको दोस्रो ठूलो धर्मका रुपमा मानिन्छ । 

कार्यक्रमको उद्घाटन गर्दै भिक्षु निग्रोधले प्रज्ञा नै मानिसको रत्न हो भन्नेमा विश्वास गर्ने बुद्ध दर्शनमा प्रलोभन, साम, दाम, दण्ड, भेदजस्ता विकृति हुँदैन भन्नुभयो । 

उहाँले सम्राट् अशोकसहित अरु धेरै राजालाई युद्धबाट शान्तिपथमा फर्काउनुभएको चर्चा गर्नुभयो । भिक्षु निग्रोधले भन्नुभयो – “पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरुमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष–महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट २६०० वर्ष अघि नै शुरु भएको थियो ।” 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति, समानता तथा भातृत्वभावमा आधारित भएकाले बुद्ध दर्शनप्रतिको आकर्षण पूर्वी एशिया, दक्षिण पूर्र्वी एशियासहित विश्वका धेरै मुलुकका जनतामा बढ्दै गएको बताउनुभयो । 

धर्मकीर्ति विहारका भिक्षुणी वीर्यवती गुरुमाँले भगवान् बुद्धले नारीको स्वतन्त्रताका लागि दुई हजार ६०० वर्ष अघि नै धेरै अधिकार दिएर जानुभएको बताउनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्धका कान्छी आमा रानी प्रजापति गौतमीले ५०० महिलालाई भिक्षुणी बनाउने काम निक्कै महत्वपूर्ण भएको भन्दै यसलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक उर्मिला ताम्राकारले भगवान् बुद्धले ८४ हजार धर्मस्कन्ध दिएर जानुभएको र समाजका हरेक वर्ग, समुदाय, जातजाति तथा मानवको समस्या समाधान त्यसमा निहीत रहेको बताउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस