फागुन ४, काठमाडौँ । विभिन्न जिल्लामा भएका पत्रकार महासंघका जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएका छन् ।

म्याग्दी– नेपाल पत्रकार महासङ्घ जिल्ला श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, काठमाडौँ । विभिन्न जिल्लामा भएका पत्रकार महासंघका जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएका छन् ।

म्याग्दी– नेपाल पत्रकार महासङ्घ जिल्ला श"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महासङ्घका जिल्ला अध्यक्ष निर्वाचित (जिल्ला र नामसहित)

२०७३, ४ फाल्गुन बुधबार ०६:१०

फागुन ४, काठमाडौँ । विभिन्न जिल्लामा भएका पत्रकार महासंघका जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएका छन् ।

म्याग्दी– नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित भएका छन् । शाखाको मङ्गलबार बेनीमा सम्पन्न पाँचौं अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले शाखाको पदाधिकारी, सदस्यसहित केन्द्रीय र क्षेत्रीय पार्षदसमेत सर्वसम्मत रुपमै निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरुमा सुदर्शनकुमार श्रेष्ठ, प्रताप बानियाँ, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी चयन भएका छन्।

अधिवेशनबाट केन्द्रीय पार्षदहरुमा क्रमशः सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रवसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गीता मिजार र कमल बानियाँ चयन भएका छन्।

शाखाका अध्यक्ष सुरत केसीको अध्यक्षतामा भएको अधिवेशनको महासङ्घका केन्द्रीय महासचिव उजिर मगरले उद्घाटन गरेका हुन्। 

महासङ्घ गुल्मीमा भुसाल

गुल्मी– नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाको मङ्गलबार सम्पन्न पाँचौँ अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

पन्ध्रसदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ छन्।

त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल छन्। महासङ्घको केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चुनिएका छन्।

प्रादेशिक सभासद्मा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि सुरज आचार्यले बताएका छन्। 

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरबीच सहकार्य भएपछि नेतृत्वसहित सबै पद निर्विरोध चयन गरिएको हो।

गोरखामा थापा सर्वसम्मत

गोरखा नेपाल पत्रकार महासङ्घ गोरखाको पाँचौँ अधिवेशन तथा आठौँ साधारण सभाबाट अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन्। 

महासङ्घ गोरखा शाखाको संस्थापक अध्यक्षसमेत रहेका थापा लामो समयदेखि गोरखाको पत्रकारितामा क्रियाशील रहँदै आएका छन्। महासङ्घको मङ्गलबार राति अबेर सकिएको अधिवेशनबाट उपाध्यक्ष खुल्लामा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएका हुन्। 

यस्तै, सचिवमा नरहरि सापकोटा चयन भए भने सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ चयन भएको निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए। कोषाध्यक्षमा हरिराम उप्रेती चयन भएका हुन्। 

महासङ्घको सदस्यमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल सर्वसम्मत चयन भएका हुन्। 

केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन भएका अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि रमेश बिष्टले बताए। 

यस्तै, गोरखामा क्रियाशील पत्रकारद्वय नरहरि सापकोटा र किरणकुमार लोहनीलाई जनही पाँच हजार रुपैयाँका दरले तुलसी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । भूकम्पअघि र पछि उहाँहरुले गर्नुभएको रिपोर्टिङको कदर गर्दै २०७२ सालको लोहनीलाई र २०७३ सालको पुरस्कार सापकोटालाई प्रदान गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन