2026-10-22 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आफ्नो पार्टीले नेता मात्र नभई नीति नै बदलेर आएको बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले नेता र नेतृत्व दुबै बदलेको कांग्रेसले अब युवापुस्ताको आवाज सुन्दै अपनत्व बोकेर अगाडि बढ्ने दावी गरे ।

उनले विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै देशलाई सही दिशामा मार्गनिर्देश गरेको बताए । उनले भने, ‘कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ । यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ । कांग्रेसमा पुनर्जागरण ऊर्जा पैदा भएको छ । यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन् ।’

महामन्त्री घिमिरेले जेनजी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो योगदान गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको पनि बताएका छन् । महामन्त्री घिमिरेले जेनजीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई पार्टीले गम्भीरतापूर्वक लिएको समेत बताएका छन् । उनले थपे, ‘जेनजी विद्रोहको उद्देश्य देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ