चैत १४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरु सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गर्दै २०७४ सालमा ३४ ओटा सार्वजनिक बिदा दिईएको छ । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।
यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । सनिबार बाहेक २०७४ सालमा कहिले-कहिले सार्वजनिक बिदा दिईएको छ, तलको विवरणमा हेर्नुहोस:-
१. नयाँ बर्ष – (बैशाख १ गते)
२. मजदुर दिवस – (बैशाख १८ गते)
३. बुद्ध जयन्ति/उभौली पर्व – (बैशाख २७ गते)
४. गणतन्त्र दिवस – (जेठ १५ गते)
५. जनै पुर्णिमा – (साउन १३ गते)
६. गाइजात्रा (उपत्यका मात्र) – (साउन २४ गते)
७. श्रीकृष्ण जन्माष्टमी – (साउन ३० गते)
८. तीज (महिला मात्र) – (भदौ ८ गते)
९. ऋषि पंचमी (महिला मात्र) – (भदौ १० गते)
१०. गौरा पर्व – (भदौ १३ गते)
११. इन्द्र जात्रा – (भदौ २० गते)
१२. निजामति सेवा दिवस – भदौ २२ गते)
१३. जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीमात्र) – (भदौ २८ गते)
१४. संबिधान दिवस – (असोज ३ गते)
१५. घटस्थापना – (असोज ५ गते)
१६. दशैं – (असोज ११ देखि १६ गतेसम्म)
१७. कोजाग्रत पुर्णिमा – (असोज १९ गते)
१८. तिहार – (२ देखि ४ गतेसम्म)
१९. छठ पर्व (शिख धर्मावलम्बी मात्र)-
२०. गुरु नानक जयन्ति – (कार्तिक १८ गते)
२१. फाल्गुनन्द जयन्ति (किरात धर्म लिनेले मात्र) – कार्तिक २५ गते|)
२२. उधौली पर्व /अपांग दिवस – (मङ्सिर १७ गते)
२३. क्रिसमस डे – (मङ्सिर १० गते)
२४. तमु ल्होसार – (पुस १५ गते)
२५. माघी पर्व – (माघ १ गते)
२६. सोनाम ल्होसार (माघ ४ गते)
२७. बसन्त पंचमी (माघ १६ गते)
२८. शहिद दिवस – (माघ १६ गते)
२९. महाशिवरात्री – (फागुन २ गते|)
३०. ग्याल्बो ल्होसार – (फागुन ४ गते)
३१. प्रजातन्त्र दिवस (फागुन ७ गते)
३२. फागु पुर्णिमा (फागुन १७ गते, १८ गते तराईका १९ जिल्लामा मात्र)
३३. अन्तराष्ट्रिय महिला दिवस – (फागुन २४ गते)
३४. घोडेजात्रा- (चैत ३ गते – उपत्यकामा मात्र)
३५. राम नवमी – (चैत ११ गते)
३६. महाबीर जयन्ती (जैन धर्म मान्नेलाइ मात्र) – चैत १५ गते