असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे"/>

2026-09-18 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले बनाए सोलारबाट चल्ने चारपाङ्ग्रे कार


असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो पटक भएको दावी गरेका छन । 

सोलार हाइब्रिड नाम दिइएको उक्त कार ईन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस , मेकानिकल विभाग अन्तर्गत चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु दिपेश कार्की, खगेन्द्र कार्की, कृष्ण प्रसाद तिमिल्सिना, प्रयास रिमाल, सागर अधिकारी, राजन खनाल, सौगात कोइराला र सुमित ढकालले निर्माण गरेका हुन ।

गत वर्ष नेपालमा भएको नाकाबन्दीको समयमा प्रेट्रोल पम्पहरुमा सवारीको लाइन र त्यसमा पनि पेट्रोलको समस्याले गर्दा कैयौ मानिसहरुले दुख पाएको आफुहरुले महसुस गरेर सोलार हाइब्रिड कार निर्माण गर्ने लक्ष्य राखेको र सोही अनुरुप एक वर्षको अवधिमा कार निर्माण सम्पन्न गरेका हुन । 

कार निर्माणकर्ताका एकजना राजन खनालका अनुसार नेपालमा पेट्रोलियम पदार्थको अभावमा मानिसहरुले सवारी साधन सञ्चालन गर्नमा निकै कठिनाइ बाधा ब्यवधानहरु वेहोर्नुपरेको आफुहरुले नजिक बाट महसुस गरेको र त्यसैलाई मध्येनजर गरेर एक वर्षको अवधिमा कार निर्माण गर्न आफ्नो टीम सफल भएको वताए ।

विश्वमा देखिएको उर्जा संकट र पेट्रोलियम पदार्थको अभावमा पनि हामी सवारी सञ्चालन गर्न सक्छौ भनेर देखाउनका लागी आफुहरुले एक वर्षदेखि यो प्रोजेक्ट सुरु गरेको र लामो मेहनत पश्चात सफल हुदा खुसी लागेको उनले वताए । 

आफुहरुले निजी तवरबाट यस्ता क्रियाकलापहरु सफलताका साथ सञ्चालन गर्दापनि सरकारले कुनै वास्ता नगर्दा आफुहरुलाई निकै अफ्ठेरो पर्ने र आफ्नो मेहनत कतै खेर जाने होकी भन्ने चिन्ता आफुहरुमा रहेको उनले वताए । आफुहरुले कारलाई परिमार्जित गर्दै नेपालमानै निर्माण भएको हुलास मुस्ताङ कम्पनी संग सहकार्य गरेर अत्याधुनिक ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको समेत वताए ।

नेपालमानै पहिलो पटक सोलारबाट कार निर्माण गरेको दावी गर्ने विद्याथीहरुले कार चलाउनका लागी नौ सय वाटको डि.सी. मोटर जडान गरी १२ भोल्टको १०० ब्जको ४ वटा ब्याट्री जडान गरी १५० वाटको दुई वटा सोलार प्यानल जडान गरेका छन । 

करिब ३ लाखको लागतमा निर्माण सम्पन्न भएको कारमा ४ जनाको सिट क्षमता रहेको र ३० किलो मिटर प्रतिघण्टा गुड्न सक्ने क्षमता रहेको छ । सोलार हाइब्रिड कार पोखरा उपत्यकाको जुनसुकै उकालोमा पनि सजिलै गुड्न सक्ने निर्माण पक्षले जनाएको छ । 

कारले विश्वमा हुदै गएको उर्जा संकटको उचित समाधान र वातावरण मैत्री भएकाले छोटो दुरीका लागी उचित सवारी साधन हुनेमा निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई