सचिन्द्र श्रेष्ठ | जेठ ७, (दुबई) | अबुधाबी स्थित नेपाली राजदूतावासले यूएईमा अलपत्र, समस्यामा परेका नेपाली नागरिकलाई एक हजार (१०००) थान राहत सामाग्री (Food Kits) युएइस्थित गैर-आवासीय नेपाली संघ र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ ।

खाद्यान्न समस्या परेका नेपालीहरूले अबुधाबीको हकमा नेपाली राजदूतावासमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीय नेपाली संघ र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ।

इमिरेट्स फाउंडेशन र लुलु एक्सचेंजको सहयोगमा सो सामग्री उपलब्ध गराएको हो ।यस राहत अभियानले सम्पूर्ण नेपालीलाई थोरै भए पनि राहतको अनुभूति भएको यूएई स्थित नेपालीहरु बताउँछन् ।