चैत २७, काठमाडौं | संसारभर चल्ने विदेशी मुद्रा अमेरिकी डलरको भाउ कमजोर बनेको छ । पछिल्लो २० महिनामै अमेरिकी डलरको भाउ कमजोर बनेपछि यसअघि कमजोर बनेको नेपाली रुपैयाँको भाउ बलियो बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलर बराबर १०२.४१ पैसा खरिद मूल्य र बिक्री मूल्य १०३.०१ तोकेको छ ।

अघिल्लो बर्षको फागुन महिनामा झन्डै ११० रुपयाँमा कारोबार भएको डलरको भाउ निरन्तर घट्दा नेपाललाई ब्यापार नाफामा टेवा पुग्छ । अमेरिकाले पछिल्लो समय सिरियामा शृंखलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै अमेरिकी डलर कमजोर बनेको हो साथै अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि डलर कमजोर बन्न पुगेको हो ।

नेपालसँगै भारतको पैसा पनि डलरभन्दा बलियो बनेको छ । नेपालको अर्थतन्त्रलाई भारतले समेत प्रभाव पार्ने हुँदा भारतको पैसा बलियो हुँदा नेपालको समत बलियो हुने गर्छ ।

डलरको भाउ घट्दा नेपालमा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य समेत घट्ने गर्छ । यसरी मूल्य घटेर आउँदा आयातित सामग्रीमा समेत नेपाललाई फाइदा हुन्छ । उदाहरण स्वरूप हेर्नेहो भने यस अघि १ डलर पर्ने सामानलाई नेपाली १०९ रुपयाँसम्म तिर्नुपर्थ्यो भने डलरको भाउ घट्दा डलर भाउकै रेटमा नेपालले सोहि सामान कम पैसा तिरेर पाउन सक्छ ।