साउन ७ | भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण मुस्लिम युवक भड्किएको भन्दै ६ महिनाभित्र मुस्लिम नबने दाहिने हात र देब्रे खुट्टा काटिदिने धम्की दिइएको छ ।

लेखकले पत्रबाट पत्र कसले पठाएको हो भन्ने नखुलेपनि मलप्पुरम जिल्लाको मंजेरीबाट आएको हुन सक्ने आशंका गरेका छन् । लेखकले प्रहरीलाई पत्रको बारेमा जानकारी गराइसकेको बताएका छन् ।

यदि पत्रमा लेखिए अनुसार नगरे उनलाई प्रोफेसर टिजे जोसफलाई जस्तै व्यवहार गरिने धम्की पनि दिइएको छ । सन् २०१० मा एक चरमपन्थी मुस्लिम संगठनसँग जोडिएको समूहले प्रोफेसर जोसेफको दाहिने हात काटिदिएको थियो । प्रोफेसर जोसेफमाथि धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाइएको थियो ।

पछिल्लो समय भारतमा अभिव्यक्ति दिएकै कारण लेखक तथा कलाकारहरुमाथि आक्रमण भैरहेको छ ।