2026-10-05 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने बताएकी छन् । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् । आफूले अहिले दलहरूले गरेका कामकारबाहीबारे सबै कुरा नजिकबाट हेरिसकेको समेत बताइन् । उनले आफू माले हुँदै एमाले भएको स्मरण गर्दै त्यसवेला मार्क्सवादी र मालेबिच एकता भएर नेकपा एमाले भएको बताइन् ।

एउटा निश्चित दर्शनबाट अभिप्रेरित पार्टी बन्ने भन्दै अहिले पूर्ण लोकतन्त्रको युगमा प्रवेश गरे पनि जनताका इच्छाआकांक्षा पूरा हुन नसकेको भण्डारीले बताइन् । उनले पार्टीभित्र विकृति विसङ्गति फस्टाएको भन्दै त्यसलाई समाधान गर्न नसकेको बताइन् । ‘राजनीतिक दलहरूले देशमा सुशासन प्रवर्द्धन गर्नुपर्ने हो । संस्थागत हिसाबले सिस्टम र प्रणालीमा जान सकेका छैनन् । राज्य संयन्त्र पनि प्रणालीमा सञ्चालनमा हुन सकेका छैनन्’, उनले संसद् नै निरीह थलो बनेको गुनासो गरिन् ।

उनले दलहरूले संविधान संशोधन गर्ने भनेर सहमति गरे पनि समस्याको समाधान गर्न छलफल हुन नसकेको भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरूले आदर्श अनुसार काम गर्नुपर्ने बताइन् । उनले कसैले आरोप लगाउँदैमा निलम्बन हुने कुरा लोकतान्त्रिक नहुने भण्डारीको भनाइ छ । ‘संसदका केही ठुला दलका नेताहरू निलम्बन यात्रा भोगिरहेका छन् । जनताले निर्वाचित गरेकाहरु प्रमाणित नभएसम्म दोषी हुँदैन तर पनि निलम्बन भइरहेको छ’, भण्डारीले शिक्षासम्बन्धी राम्रो कानुन बन्न नसकेको बताइन् । नयाँ पुस्ताको अपेक्षा अनुसार शिक्षा नीति बन्नुपर्ने भन्दै उनले कपिपेस्ट शिक्षाले पलायनतिर धकेल्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर