By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हरिशयनी एकादशी ब्रतको महत्व के छ ? (ब्रत विधि र कथा सहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > हरिशयनी एकादशी ब्रतको महत्व के छ ? (ब्रत विधि र कथा सहित)
काठमाडौँ - KTMलेख

हरिशयनी एकादशी ब्रतको महत्व के छ ? (ब्रत विधि र कथा सहित)

साझासवाल
Last updated: July 20, 2021 4:56 am
साझासवाल
13 Min Read
Share

ज्यो पं विष्णुप्रसाद खनाल । साउन ५, काठमाडौं ।

अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।

दानं दमश्च यज्ञश्च स्वध्यायस्तप आर्जवम्।।१।।

अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम्।

दया भूतेष्वलोलुप्तवं मार्दवं ह्रीरचापलम्।।२।।

 तेजः क्षेमा धृतिः शौचमद्रोहो नातिमानिता।

भवन्ति सम्पदं दैवीमभिजातस्य भारत।।३।। श्रीमद्भगवत गीता(१६/१,२,३) 

अर्थात, निर्भयता, आत्मशूद्धि, आध्यात्मिक ज्ञानको अनुशीलन, दान आत्मसंयम, यज्ञपरायणता, वेदाध्ययन, तपस्या, सरलता, अहिंसा, सत्यता, क्रोधविहीनता, त्याग, शान्ति, समस्त जीवमा करुणा, लोभविहीनता, भद्रता, लज्जा, दृढ संकल्प, तेज, क्षमा, धैर्य, पवित्रता, इष्र्या तथा मनका अभिलाषाबाट मुक्ति आदि सबै दिव्य गुण दैवी प्रकृतिको मानिसमा हुन्छ । यिनै गुण चरितार्थ गर्ने बाटोतिर लाग्नु नै एकादशी व्रतको मूल उद्देश्य हो । 

वृञ वरणे धातुदेखि अतच् प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ । जसको अर्थ उपवासादी पुण्यकर्म भन्ने हुन्छ । यानिकी भगवान् काे नजिक जाने प्रक्रियालाई व्रत भनिन्छ।

यस्तै यजुर्वेद (१/५)मा यसो भनिएको छ।

ॐ अग्ने व्रतपते व्रत चरिष्यामि तच्छकेयं तन्मे राध्यताम्।इदमहमनृतात् सत्यमुपैमि।।

अर्थात, ॐ र अग्निको प्रार्थना गर्दै ए व्रतका पालक स्वामी परमेश्वर ! अबदेखि व्रत(सद्वयवहार) मात्र गर्नेछु । त्यो पूरा गर्न सकूँ । अब म असत्य छोडेर सत्य पाउँछु सत्यतिर लाग्छु । व्रतको सामान्य अर्थ नियम हो । व्रतको माध्यमले पर्म सत्य प्राप्त हुन्छ भन्ने कुरो त (यजु.१९/३०)ले पनि प्रस्टाएको छ।

विष्णु पुराण (६/२/१५)जुनफल सत्ययुगमा दसवर्ष तपस्या,

ब्रह्मचर्य त्रीसन्ध्या जप आदि गर्नाले फल मिल्छ, त्रेतायुगमा एक वर्षमा, द्वापरमा एक महिना र कलियुगमा निष्ठापूर्वक एक अहोरात्र गर्दा फल मिल्दछ । त्यसैले पनि भगवान् प्राप्तिका लागि कलियुग उत्तम छ । तिथिमा एकादशीलाई उत्तम मानिएको छ । एकादशी भगवान् विष्णुको विशेष तिथि हो । सामान्यतया यी वर्षमा २४ वटा पर्दछन् । अधिकमास परेको वर्ष २६ वटा हुने गर्छन् । तीनै मध्येको एउटा हरिशयनी एकादशी पनि हो । आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी   एकादशी भनिन्छ । यस एकादशीलाई देवशयनी र पद्मा पनि भन्ने गरिएको छ । हाम्रो लोकभाषामा असारे ठूली एकादशी पनि  भनिन्छ ।

यसलाई ’पद्मनाभा’ एकादशी पनि भन्ने चलन छ । प्रत्येक वर्ष यसै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने जनविश्वास छ । यसै दिनदेखि चातुर्मास व्रतको सुरुवात पनि हुन्छ । यस दिनदेखि भगवान् विष्णु चार महिनाका लागि क्षीरसागरमा गई शयन गर्नुहुन्छ भन्ने मान्यता पनि छ । त्यसैले यस एकादशीलाई ’हरिशयनी एकादशी’ भनिएको हो । चार महिनापछि आउने कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई ’प्रबोधिनी वा हरिबोधिनी एकादशी’ भन्ने गरिन्छ । 

यी चार महिनामा भगवान्् विष्णु क्षीरसागरमा शयन गर्नु हुने भएकाले विवाह आदि कुनै पनि शुभ कार्य गरिँदैन। धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्रा काल मानिन्छ । यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् । यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी) का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । 

ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् ऋषिकेश प्रसन्न हुनुहुन्छ । व्रत बस्ने ब्रतालुले अघिल्लो दिनदेखिनै शुद्ध सात्विक भोजन गर्नुपर्दछ । एकादशीको दिन बिहानको स्नान जपनित्य कर्म सकी ब्रतको संकल्प लिनुपर्दछ । संकल्पमा आफ्नो शरीरले धान्ने अनुसार नियम बाध्नु पर्दछ । नियम भंग भएमा व्रत भंग हुनेछ । म चोखो हुँ कि विटुलो  जुनसुकै स्थितिमा होउँ । श्री पुण्डरिकाक्षलाई सम्झेर चोखो सर्वत्र नै बनु भनी सम्झनु पर्दछ । सबै एकादशीका दिनमा भगवान् विष्णुको पूजा–आराधना गरिन्छ, परंतु यस एकादशीको रात्रिदेखि भगवान्को शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ । 

यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचारसहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पहेलै सलले सजाइन्छ । पंचामृतद्वारा स्नान गराएर, त्यसपछि  भगवान्लाई धूप, दीप, नैवेद्य, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवान्लाई पान, सुपारी अर्पित गरेपछि निम्न मन्त्रद्वारा स्तुति गर्ने परम्परा रही आएको छः–

सुप्ते त्वयि जगन्नाथ जगत्सुप्तं भवेदिदम् । विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम् ।।

अर्थात हे जगन्नाथ ! तपाईं निद्रित भएपछि सम्पूर्ण विश्व निद्रित हुन पुग्छ र तपाईं जागा हुँदा सम्पूर्ण विश्व तथा चराचर पनि जागृत हुन जान्छ ।

यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नुपर्छ। त्यसपछि ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले भोलिपल्ट द्वादशी तिथि लागेपछि निर्जल गरेको छ भने जलबाट जललिएर फल लिएको छैन भने फलबाट व्रत पारन गर्नु पर्दछ । रात्रिकालमा भगवानकाे मन्दिरमा नै बस्नु पर्छ तथा भगवानकाे भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं बस्न नसकी सुत्नु परेमा सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ । यस दिन अनेक परिवारमा महिलाहरु पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । 

यी चार महिनाका लागि आफ्नो रूचि अथवा अभिष्ट–अनुसार नित्य व्यवहारका पदार्थहरू त्याग र ग्रहण गर्ने चलन छ । मधुर स्वरका लागि गुड़, दीर्घायू अथवा पुत्र–पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिका निम्ति तोरीको तेल, सौभाग्यका लागि मीठो तेलको र स्वर्ग प्राप्तिका निम्ति पुष्पादि भोग आदि त्याग्नु पर्छ । देह शुद्धि वा सुन्दरताका निम्ति परिमित प्रमाणको पंचगव्य, वंश वृद्धिका लागि नियमित दूध, कुरुक्षेत्रादिका समान फल प्राप्तिका लागि पात्रमा भोजन तथा सर्वपापक्षयपूर्वक सकल पुण्य फल प्राप्त गर्नका लागि एकभूक्त, नक्तव्रत, अयाचित भोजन वा सर्वथा उपवास गरी व्रत ग्रहण गर्ने चलन छ । 

साथै चातुर्मासीय व्रतमा केही वर्जना पनि छन् । जस्तै पलंगमा सुत्नु, यौन संसर्ग गर्नु, झूठो बोल्नु, मासु, मह तथा दही–भात आदिको भोजनादि । मूला, परवल एवं भेन्टा आदि तरकारी खान पनि निषेध गरिएको छ । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि–विधानपूर्वक भगवान्को पूजन गर्दै व्रत गर्दछन्, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् । 

आजकै दिन तुलसी देवीको रोपण पनि गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखी हरिशयनी एकादशीका दिनमा मठमा सारिन्छ । तुलसीको दल राखेको ठाउँमा गई निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना गर्नु पर्दछः–

प्रसीद मम देवेशि कृपया परया सदा।

अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये।।

यसरी प्रार्थना गरेपछि जरा र केही माटोसहित तुलसीलाई पूर्व फर्केर उखेल्नु पर्दछ । यसरी उखेल्दा भगवान्को नाम ‘ॐ नमो भगवते वासुदेवाय’ उच्चारण गर्नु पर्दछ । यसरी उखेलिएकी तुलसी देवीलाई मठमा ल्याई पूर्व फर्केर रोप्नु पर्दछ । रोपण पश्चात् पर्याप्त मात्रामा जल पनि चढाउनु पर्दछ ।

ब्रहमवैवर्त पुराणअनुसार धेरै नाममध्ये प्रसिद्ध आठ नाम यी रहेका छन् ।

वृन्दां वृन्दावनी विश्वपूजितां विश्वपावनीम्।

पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम्।।

अर्थात् वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी रहेका छन् ।

तुलसी देवी भक्ति ज्ञान र वैराग्यको केन्द्रविन्दु हुनुहुन्छ । वेद पुराण र अरु धार्मिक शास्त्रले साथै आधुनिक विज्ञानले पनि तुलसीको महत्व बुझि मुक्त कष्ठले प्रशंसा गरेका छन् । आयुर्वेदमा तुलसीलाई महौषधिका रुपमा लिइएको छ।

अब हरिशयनी एकादशीको कथा पढौं । जसको श्रवण मात्रले पनि विशेष फल मिल्दछ ।

ब्रत–कथा 

एक पटक देवर्षि नारदले ब्रह्मासित यस हरिशयनी एकादशीको माहात्म्यको बारेमा सोध्नुभयो, त्यसको उत्तरमा ब्रह्माजीले भन्नुभयो…

’सत्ययुगमा मान्धाता नामक एउटा चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा असाध्यै सुख र आनन्दपूर्वक बस्दथे । एकपटक तिनको राज्यमा लगातार तीन वर्षसम्म वर्षा नहुनाले भयंकर अनिकाल पर्यो । प्रजा व्याकुल भए । यस दुर्भिक्षले चारैतिर त्राही–त्राही मच्चियो । धर्म पक्षका यज्ञ, हवन पिण्डदान, कथा, व्रत आदि सबै कुरामा कमी आयो । प्रजाले राजाको दरबारमा गएर आफ्नो वेदना सुनाए । राजाले भने– ’तपाईंहरूको कष्टका बारेमा मलाई जानकारी छ, यो कष्ट धेरै ठूलो छ । म तपाईंहरूको भलाइका निम्ति पूरा प्रयत्न गर्दैछु ।’ राजा यस परिस्थितिबाट पहिलादेखि नै दुःखी थिए । ती ध्यानमग्न भएर सोच्न थाले आखिरी मैले यस्तो कुन पाप–कर्म गरेछु, जसको फल मैलेमात्र होइन, मेरा प्रजाले पनि प्राप्त गरिरहेका छन् ?’

अनि प्रजाको वेदना तथा कष्टलाई सहन नसकेकाले, यस कष्टबाट मुक्ति पाउने कुनै उपाय पो प्राप्त हुन्छ कि भन्ने उद्देश्यले राजा एक दिन आफ्ना सेनाका साथमा जङ्गलतर्फ गए । जङ्गलमा विचरण गर्दागर्दै एक दिन ती ब्रह्माका तेजस्वो पुत्र अङ्गीरा ऋषिको आश्रममा पुगे । ऋषिलाई यथोचित साष्टाङ्ग प्रणाम गरेपछि मुनिले राजालाई आशीर्वाद दिँदै उनको कुशलक्षेमका बारेमा जानकारी लिए । त्यसपछि जङ्गलमा दुर्गम स्थानमा रहेको आफ्नो आश्रममा आउनु पर्ने अभिप्राय जान्ने इच्छा गरे । अनि राजाले हात जोडेर भने –’महात्मन् ! सबै प्रकारले धर्मको पालन गर्दागर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य हेर्न विवश छु । म यसको कारण जान्दिन । आखिरमा किन यस्तो हुँदैछ, कृपया हजुरले यस विघ्नको समाधान कसरी हुन्छ र कारण के हो ? पत्ता लगाएर मेरो संशय नाश गर्नुहोस् ।’

राजाका कुरा सुनेर अङ्गीरा ऋषिले भने– ’हे राजन् ! हिजोआज सत्ययुगको समय छ, जुन सबै युगहरुमा श्रेष्ठ र उत्तम मानिन्छ । यसमा सानो पापको पनि धेरै ठूलो फल प्राप्त हुन्छ । यस युगमा मनुष्यहरू ब्रह्माको उपासना गर्दछन् । यस युगमा आफ्ना चारै किसिमका चरणमा व्याप्त भई धर्मले निवास गरेको हुन्छ । यस युगमा ब्राह्मणबाहेक अन्य कुनै जातिलाई तपस्या गर्ने अधिकार छैन, जबकी हिजोआज तपाईंको एउटा प्रजाले आँफू शुद्र भइकन पनि तपस्या थालेको छ । उसको तपस्याको प्रभाव सर्वत्र व्याप्त भएको हुनाले तपाईंको राज्यमा वर्षा नभएको हो र सारा प्रजाले अनिकाल सहनु परेको हो । जबसम्म त्यस शूद्रको तपस्या भङ्ग हुँदैन, तबसम्म तपाईंको राज्यमा वर्षाको संकेट देखिने छैन । जनताको यो हाहाकार र दुर्भिक्ष शान्त हुनेछैन । 

त्यसैले तपाईंले कि त उसको तपस्यामा विघ्न हाल्नु पर्यो कि त्यस शूद्र तपस्वीलाई बध गर्नुपर्यो । अनिमात्र राज्यमा वर्षा हुन्छ र जनताको अनिकाल समाप्त हुनेछ ।’ तर राजा धार्मिक, नीतिवान् र दयालु प्रवृत्तिका शासक थिए । उनलाई तपस्यामा विघ्न हाल्नु वा शुद्रको बध गर्नु दुवै कुरा पापकर्म हो भन्ने लाग्यो । उनको हृदय एकजना निरपराध प्रजालाई धर्मबाट विमुख बनाउन र मार्न तयार भएन । त्यसैले मान्धाताले ऋषिलाई आफ्नो मनको कुरो बहाउँदै उनीसित अर्को कुनै उपाय बताउन अनुरोध गरे । राजाले बिन्ति गरे – ’हे देव ! म त्यस निरपराधको धर्म र साधनामा विघ्न हाल्न र उसको हत्या गर्न मेरो मन स्वीकार गर्दैन । त्यसैले कृपा गरेर तपाईंले कुनै अरु उपाय बताएर मलाई प्रजाको संकट निवारण गर्ने बाटो पहिल्याई दिनुहोस् ।’ 

राजाको अनुरोधपछि ऋषिले भने – ’यसको एउटा उपाय छ, असार महिनाको शुक्ल पक्षको एकादशी (पद्मा÷पद्मनाभा वा हरिशयनी एकादशी) को विधिपूर्वक व्रत गर्नुहोस्, यस व्रतको प्रभावले अवश्य नै वर्षा हुनेछ ।’ ऋषिका कुरा सुनेर राजा मान्धाता वनबाट फिर्ता आए र उनले राज्यमा उर्दी गरेर देशभरि रहेका चारै वर्णका समस्त प्रजासहित आफूले पनि पद्मा एकादशीको विधिपूर्वक व्रत गरे । व्रतको प्रभावले उनको राज्यमा तुरुन्त मूसलधार वर्षा भयो, वर्षाको आगमनसँगै देशमा सहकाल आयो अनि पूरा राज्य धन–धान्यले परिपूर्ण भयो । 

संकृतनि गृह त्यागी भक्तको कुरा गर्दा यस व्रतबाट ज्ञानको वर्षा हुन्छ । ब्रह्म मिलनको बाटो खुल्छ । योगीको कुरा गर्दा पेनियल ग्ल्याण्ड सक्रिय हुन सक्छ र ब्रह्म ऊर्जा वर्षाबाट योगिक आन्नद मिल्छ । यसरी यहाँ हेर्दा हामीले यो हिसाबले पनि प्रस्टाउन सक्छौं । मनुष्यको शरीर ब्रह्माको नगरी हो । यश ब्रह्माण्डमा पनि नवग्रह छन् र यी नवग्रहले प्रतिपल हाम्रो जीवनमा प्रभाव पारिराखेको हुन्छ । मानसिक र शारीरिक शुद्धता भएमा सबै ग्रहको राम्रो किरण मात्र प्राप्त हुन्छ ।

(भा गीता ३/११) मा भनिएझै सबै कुरा भगवान्लाई अर्पण गरेर मात्र लिने गर्नाले अहम् भाव नष्ट हुन्छ ।

यसरी हेर्दा हामीले जानेर गरे पनि नजानेर गरे पनि एकादशी उपवास गर्दा फाइदा नै हुन्छ । हुन्छ । जुन कुरा विज्ञानले पनि पारित गरेर हाम्रो धर्म इतर व्यक्तिले पनि शारीरिक शुद्धताका लागि महिनाको दुई पटक व्रत बस्ने पाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article उच्चअदालत सुर्खेतद्वारा ६४ प्रतिशत मुद्दा फछ्र्योट
Next Article मध्य भोटेकोशी प्रभावित क्षेत्रका लागि सेयर बिक्री पुन: खुल्ला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

एसईई परीक्षा, परिवेश र परिवर्तन

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

57 years ago
काठमाडौँ - KTMमोरङ्ग - MRGसमाज

ठुलो मात्रामा लागुऔषध सहित ५ जना पक्राउ

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?