साउन ७, धादिङ | ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, धादिङ | ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी "/>
2026-09-04 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशबाट बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैन’

साउन ७, धादिङ | ‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए ।

तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही भएर फोन नगरेको होला ।’हरिमायालाई चित्त दुख्नु अस्वभाविक थिएन । किनकी छोरा भनेपनि छोरी भनेपनि एकजना मात्रै थिए ।

आफू ६० टेकिसकेका बेला भएको एउटा सन्तान पनि विदेशीदा हरिमायाको मन त्यतिबेलै कुँडिएको थियो । ‘तर पनि गरिखानलाई रोक्नु पनि त भएन’ हरिमायाले भन्नुभयो । 

मलेसिया गएको ५ वर्ष भन्दा धेरै भयो । महिनौ हुँदा पनि बोल्न नपाएकी हरिमाया एक पटक बुहारी छोरासँग बोलिरहेका बेला सुन्नलाई नजिक जानुभएको थियो, त्यही निहुँमा बुहारीसँग झगडा पनि पर्यो । बुहारीले चियो गर्न आएको भनेपछि झगडा परेको सुनाउनुभयो हरिमायाले । 

सानीकान्छी (नाम परिवर्तन) छोराको आवाज सुन्नकै लागि भएपनि साँझ अबेला सुत्नुहुन्छ । कारण छोराले बुहारीलाई राति मात्रै फोन गर्छन् । छोरासँग बोल्न नपाएको वर्ष दिन भएपछि उहाँ रातिसम्म सुत्नुहुन्न् । बुहारीले बोलेको आधारमा उहाँ छोरालाई राम्रै रहेछ भन्ने अड्कल काट्नुहुन्छ । 

सानीकान्छीका छोरा मलेसिया गएको चार वर्ष भयो । यो चार वर्षमा मा उहाँलाई मुस्किलले चार पाँच पटक मात्रै बोल्न पाउनुभएको छ । त्यसैले कहिले काहिँ उहाँलाई बिहे गरेपछि छोरा पनि बेग्लै हुन्छ की ? अनि मायाँ कम हुन्छ की ? जस्तो लाग्छ । तर उहाँको यो प्रश्नको उत्तर दिने कोही छैन । त्यसैले एक दिन त छोराको मन फर्किएला भन्ने आशामा हुनुहुन्छ । 

हरिमाया र सानीकान्छीको भन्दा फरक छैन निलकण्ठ नगरपालिकाकी फुलकुमारी (नाम परिवर्तन)को व्यथा पनि । उहाँको पनि कतार गएको छोराको फोन दिन बिराएर आउँछ तर बुहारीलाई मात्रै । बुहारीसँग लामै कुरा गर्छन छोराले तर बुवाआमासँग महिनौ बित्दा पनि कुरा हुँदैन ।

फेरि उहाँ सानीकान्छीको जस्तो बुहारीसँग बोलेको सुनेर निदाउन सक्नुहुन्न् । ‘छोरोसँग बोल्न नपाउँदा मन पालेर सुत्नै सक्दिन केहि पो भयो की जस्तो लाग्छ । पापी मनै त हो के के सोच्न आउँछ ।’ फुलकुमारीले भन्नुहुन्छ । 

‘परदेशमा रहेकाहरुले घरमा रहेका बाआमा सँग बोल्दिए मात्रै पनि हामीलाई लाख हुन्छ’ परदेशीको बुवाआमा गुनासो गर्छन ‘तर उनीहरुले के सोच्छन कुन्नी बोल्न खोज्दैनन् । उसले कमाउने त उसकै लागि अनि उसकै परिवारको भविष्यका लागि त हो हामीलाई केही चाहिँदैन तर छोराहरुले यो सोच्दैनन जस्तो लाग्छ ।’ 

सन्चो विसन्चो त बुहारीबाट थाहा पाउँछन उनीहरुले तर आफैंले सुनेको जस्तो नलाग्ने उनीहरुको गुनासो छ । ‘हप्ताको एक दुई पटक समय मिलाएर फोन गरेर बाआमाको हालखबर सोधिदिए मात्रै हामीलाई पुग्थ्यो अरु केही चाहिँदैन’ हरिमाया भन्नुहुन्छ ।

त्यसमाथि फोन गर्ने अभिभावकहरुसँग भेट्दा झनै नरमाइलो लाग्ने उनीहरुको भनाइ छ । ‘उनीहरुले आफ्नो छोराछोरीले फोन गरिरहन्छ भन्दा हामीलाई कति नराम्रो हुँदो हो सोच्नुस् त ?’ हरिबहादुर (नाम परिवर्तन) ले दुखेसो पोख्नुभयो । 

– रामकुमार थापा (उज्यालोबाट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै