९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान् विदेशमा, झुटो आरोपमा श्रीमती घरबाट निकालिइन्

१७ श्रावण २०७४, मंगलवार ०९:३१

साउन १७, काठमाडौं ।  श्रीमान विदेश भएका बेला परिवारका मानिसले झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको एक महिलाले बताएकी छिन् । 

काठमाडौं स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला उनीमाथि झुटा आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित घर निकाला गरिदिएको उनका आफन्तले बताएका छन् । 

पीडितकी माइजू सुशीला थापाले मंगलबार पत्रकार सम्मेलन गरी निर्दोष महिलालाई विनाप्रमाण घरबाट निकालिएको भन्दै दोषीलाई तत्काल कारबाही गरी पीडितलाई बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विनाप्रमाण निर्दोष महिलालाई साँझमा घरबाट निकाल्नु कत्तिको न्यायोचित हो ?’ 

सुशीलाले तीन हप्तादेखि बच्चा विद्यालय जान नपाएको भन्दै तत्काल उसलाई पढ्न पाउने अधिकार मिलाउन समेत आग्रह गर्नुभयो । पीडितले आफूलाई सहज रुपमा बस्ने वातावरण मिलाउन माग गर्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी छन् । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले घरमा बस्ने वातावरण मिलाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा बस्ने वातावरण नमिलाइए मुद्दा अदालत पठाउँछौँ ।’ रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो