२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जमीनमा महिलाको स्वामित्व बढ्यो

२०७५, ६ पुष शुक्रबार ०८:०६

नारायणी  रजौरे  पुस ६, दाङ  (रासस) | कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो । 

अझ अविवाहिता छोरीलाई त ‘उनीहरू अर्काको घर जाने जात हो, भोलि छोराले के खाला ?’ भन्ने समाजिक मान्यता थियो । त्यसैले घरको मालिक पनि पुरुष, जग्गाको मालिक पनि पुरुष, व्यवसायको मालिक पनि पुरुष हुने गर्दथे । तर त्यो परम्परा अहिले भने विस्तारै तोडिँदै गएको छ । 

सरकारले महिलाको नाममा जग्गा किनबेच गर्दा राजश्वमा केही प्रतिशत छुट दिने निणर्य गरेपछि महिलाको नाममा पनि सम्पत्ति राख्न थालिएको छ । राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा पास गर्न पुरुष पनि उदार देखिन थालेका छन् । 

सरकारले सम्पत्तिमा महिलाको अधिकार सुनिश्चत गर्ने उद्देश्यले महिलाको नाममा घरजग्गा नामसारी गर्दा राजश्वमा छुट दिने नीति ल्याएपछि दाङमा महिलाको नाममा घरजग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । 

जिल्ला मालपोत कार्यालय दाङका खरिदार पुरुषोत्तम खनालका अनुसार यस यस आर्थिक वर्षको हालसम्ममा दाङका एक हजार ८७९ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा शहरी क्षेत्रका एक हजार ८६० जना र ग्रामीण क्षेत्रका १९ जना रहेका छन् । ती महिलाले आफ्नो नाममा जग्गा पास गर्दा रु ७३ लाख पाँच हजार ६२४ राजश्व छुट भएको छ । 

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा शहरी क्षेत्रका पाँच हजार ९०९ र ग्रामीण क्षेत्रका दुई हजार ९८ गरी कूल आठ हजार सात महिलाको नाममा जग्गा पास गराउँदा रु दुई करोड १९ लाख ८५ हजार ८६८ राजश्व छुट पाएका थिए । 

वर्ष २०७३/७४ मा शहरी क्षेत्रका सात हजार ८९७ र ग्रामीण क्षेत्रका एक हजार ४३५ गरी जम्मा नौ हजार ३३२ महिलाको नाममा जग्गा पास हुँदा रु दुई करोड ८६ लाख १० हजार ७२३ राजश्व छुट पाएका थिए । 

आर्थिक वर्ष २०७४/७५ मा शहरी क्षेत्रका सात हजार ९९२ र ग्रामीण क्षेत्र ४७ गरी जम्मा आठ हजार ३९ महिलाको नाममा जग्गा पास भएको थियो । सो वर्ष महिलाले रु दुई करोड ७५ लाख पाँच हजार ६०१ राजश्वमा छुट पाएका थिए । 

कार्यालयका अनुसार सरकारको उक्त नीति लागू हुनुअघि जिल्लामा केही न्यून सङ्ख्यामा मात्र महिलाको नाममा जग्गा पास हुने गरेको थियो । अहिले त्यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । “हामी एकै रथका दुई पाङ्ग्रा हौँ, उनको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु”, तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय हरि अधिकारीले भन्नुभयो । 

मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आउनुभएकी तुलसीपुर–१२ की ४१ वर्षीया विष्णी रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजश्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताउनुभयो । 

आफ्नो नाममा जग्गा पास गराउन मालपोत कार्यालय तुलसीपुरमा आएकी अर्की महिला उपमहानरपालिका–६ की ५२ वर्षीया सुशीला भट्टराईले महिलाको नाममा सम्पत्ति भएपछि महिला घरपरिवारबाट हेपिन नपाउने बताउनुभयो । आफ्नो एकल निर्णयले श्रीमान्ले पनि जग्गा जमीन बेच्न नसक्ने उहाँको भनाइ थियो । 

“महिलालाई सशक्तीकरण गर्नुपर्छ भन्ने सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान पनि बढाएको बताउनुहुन्छ”, मालपोत कार्यालय दाङका प्रमुख विनोद पौडेलले भन्नुभयो । 

उहाँका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँचलाई बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी रहेको छ । यसले शहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाएको छ । 

महिला अधिकारकर्मी तथा अधिवक्ता गोमा महराले पनि सरकारी नीति सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले महिलालाई सशक्तीकरण गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्न मद्दत पुगेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय