४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती बल्यो

१३ चैत्र २०७४, मंगलवार १६:४५

चैत १३, काठमाडौँ | (रासस) | एक दशकपछि काठमाडौँ उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो । 

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आएपनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन । 


नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गर्नुभयो । 

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ । 

प्रालिका इन्जिनियर सिद्दिक अन्सारी व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ती निर्माण गरिएको बताउनुहुन्छ । “व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ,”– उहाँ भन्नुहुन्छ । व्यस्त समयमा अझै समय घटाउन सकिने उहाँको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको हो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा सडक विभागबाट बत्ती बनाउने जिम्मा भर्खरमात्र महानगरपालिकाले पाएको भन्दै यसको औचित्य र आवश्यकता हेरेर अरु स्थानमा थप्ने बताउनुहुन्छ । “पहिले बनाएको बत्तीले कत्तिको काम गर्छ त्यो हेरेर अरु बत्तीहरु क्रमशः निर्माण गर्दै लैजान्छौँ,”– उहाँले भन्नुभयो । 

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि रु १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि रु २५ लाख लागत लागेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल ट्राफिक बत्तीको सुरुवातसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने र काममा समेत सहज आउनेछ,”– उहाँले भन्नुभयो । 

महाशाखाका प्रमुख खनाल अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती लैजाने गरी सबै निकायसँग महाशाखाले समन्वय गर्ने बताउनुहुन्छ । 

महाशाखाले ललितपुरका विभिन्न चोकहरुमा समेत ट्राफिक बत्ती राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको छ । केही दिनभित्रै ललितपुरमा समेत ट्राफिक बत्ती सञ्चालनमा आउने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता