२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती बल्यो

२०७४, १३ चैत्र मंगलवार १६:४५

चैत १३, काठमाडौँ | (रासस) | एक दशकपछि काठमाडौँ उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो । 

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आएपनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन । 


नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गर्नुभयो । 

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ । 

प्रालिका इन्जिनियर सिद्दिक अन्सारी व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ती निर्माण गरिएको बताउनुहुन्छ । “व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ,”– उहाँ भन्नुहुन्छ । व्यस्त समयमा अझै समय घटाउन सकिने उहाँको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको हो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा सडक विभागबाट बत्ती बनाउने जिम्मा भर्खरमात्र महानगरपालिकाले पाएको भन्दै यसको औचित्य र आवश्यकता हेरेर अरु स्थानमा थप्ने बताउनुहुन्छ । “पहिले बनाएको बत्तीले कत्तिको काम गर्छ त्यो हेरेर अरु बत्तीहरु क्रमशः निर्माण गर्दै लैजान्छौँ,”– उहाँले भन्नुभयो । 

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि रु १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि रु २५ लाख लागत लागेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल ट्राफिक बत्तीको सुरुवातसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने र काममा समेत सहज आउनेछ,”– उहाँले भन्नुभयो । 

महाशाखाका प्रमुख खनाल अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती लैजाने गरी सबै निकायसँग महाशाखाले समन्वय गर्ने बताउनुहुन्छ । 

महाशाखाले ललितपुरका विभिन्न चोकहरुमा समेत ट्राफिक बत्ती राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको छ । केही दिनभित्रै ललितपुरमा समेत ट्राफिक बत्ती सञ्चालनमा आउने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी