2026-08-29 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनश्रमदान र स्थानीय नागरिकको सहयोगमा अन्नपूर्ण मन्दिर पुनःनिर्माण हुँदै

चैत १४, धादिङ्ग | धादिङको ज्वालामुखी ५ स्थित खरीमा एतिहासिक अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरिने भएको छ । 

जीर्ण अवस्थामा रहेको उक्त मन्दिर पछिल्लो समय पुजाआजा समेत नभएको अवस्थामा परिणत भएपछि मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । यहाँका स्थानीयवासीको जनश्रमदान र स्थानीय जनताकै आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिने भएको छ । 

झन्डै ५ लाख भन्दा बढी रकम संकलन गरि निर्माण गर्न लागिएको उक्त मन्दिर वरीपरीको क्षेत्र वडापालिकाले ग्रावेल गर्ने बिषयमा समेत छलफल हुँदैछ भने मन्दिर निर्माण तथा जगेर्ना गर्न छुट्टै समिति समेत बनाईएको छ । ‘सहयोगी हातहरु अघि बढाऔं, भोलीको लागि पुण्य कमाऔं’ भन्ने मूल नाराका साथ मन्दिर पुनर्निर्माणको लागि ‘अन्नपूर्ण मन्दिर संरक्षण तथा सम्वर्दन समिति’ बनाई काम सुरु गरिएको छ । मन्दिर निर्माणको पहिलो चरणमा मन्दिरको कम्पाउण्डको काम सुरु हुँदैछ भने मन्दिर निर्माणको लागि नक्सा निर्माणको काम सम्पन्न भईसकेको छ । 

आगामी दशैंको नवमीसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढेको यस मन्दिर पुनर्निर्माण पछी बर्षेनी मङ्सिरमा बिशेष पुजा लगाउने, यस अघि परेवा तथा कुखुरा बलि चढाउने गरिएकोमा अब परेवा बलि नदीई उडाउने तथा अन्न चढाएर पुजाआजा गर्ने बताइएको छ । 

समितिले यस मन्दिरको अस्तित्व परापुर्व कालदेखिनै रहेको मान्दै यसको संरक्षणमा बिशेष महत्व दिनुपर्ने बताएको छ । हाल जिर्ण अवस्थामा रहेको मन्दिरले पुनर्निर्माण पछी गाउँनै उज्यालो बनाउने भन्दै स्थानीयहरुले सक्दो श्रमदान र आर्थिक सहयोग गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ