<p><b>जेठ ९, काठमाडौं ।</b> सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघठित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । अहिले सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सांसदहरुले हस्ताक्षर गर्ने क्रम जारी छ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/dd49a1d7f72ee293554e76d8df76e5e01621752219.jpg" style="width: 25%; float: left;"></p><p>नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरिरहेका छन्। त्यसका लागि अदालती 'फर्म्याट' उपलब्ध गराइएको छ।</p><p>नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको हो । </p>
Related News


