2026-10-13 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

जेठ ९, रुपन्देही (रासस)। नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । 

एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो । पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको हो । सुरुङमार्गका लागि रुपन्देही क्षेत्र नं २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आउनुभएको थियो । उहाँले अर्थमन्त्री भएपश्चात् यहाँ आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाउनुभएको थियो । 

अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सकेर समयमै काम शुरु हुने बताउनुभयो । उहाँले आयोजना निर्धारित मितिमै सम्पन्न हुनेसमेत जानकारी दिनुभयो । सिद्धबाबामा खसिरहने पहिराबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने उहाँको विश्वास छ ।  

सो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस् या वर्षायाम जुनुसकै बेला झर्ने चट्टानसहितको पहिरो खस्दा यात्रुको अकालमै मृत्यु हुुने गरेको छ । नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या छ । हरेक वर्ष यस क्षेत्रमा दुर्घटना भइराख्ने हुँदा यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गरिन्छ । 

माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई दृष्टिगत गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीलाई बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरिसकेको छ भने अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै रु १० अर्ब १५ करोड बजेट सुनिश्चितता  गरिसकेको छ ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दीअघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले  सुरुङमार्गबाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता