साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा । वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनस्तरमै प्रशंसा पायो ।

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि ग¥यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराका नाममा दान गर्न थाले ।

अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसक्यो । बिडम्बना ।

त्यतिबेलै मन्त्रिपरिषदले गरेको धरहरा पुननिर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए । ओलीबाहेक उक्त कोषमा कसैले पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।

फागुन ४ गते धरहराको फेदमा आयोजित ‘एतिहासिक धरोहर पुननिर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम पूर्वप्रधानमन्त्री ओलीले ‘ म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए । -नागरिक दैनिक