जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

मंसिर १७, वर्लिन, एजेन्सी | जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ  नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ ।  त्यस्तै, संसदबाट कानुन बनाएर नै खाेपलाई अनिवार्य बनाइने भएकाे छ ।

सरकारकाे घाेषाणासँगै खाेप नलगाएका व्यक्तिले अर्काे घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी काेभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शककाे संख्या सीमित गरिने छ ।

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन फैलिएसँगै युराेप फेरि काेभिडकाे नयाँ केन्द्रविन्दु बन्न थालेकाे छ । युराेपका अधिकांश देशहरुले नयाँ भेरियन्ट राेक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

'हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । काेभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई अ‌ाह्वान गर्छु', जर्मन चान्सलर ए‌ंगिला मर्केलले भनिन् । जर्मनमा काेभिडकाे चाैथाे लहर अ‌ाउने अनुमान गरिएकाे छ । 'जर्मनीलाई काेभिडकाे चाैथाे लहरबाट जाेगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,' उनले भनिन् ।

सरकारले अ‌ागामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खाेप अभियान सञ्चालन गर्ने भएकाे छ । अन्तिम पटक खाेप लगाएकाे नाै महिनापछि खाेप लगाएका व्यक्तिकाे पहिचान हराउने भएकाेले उनीहरुलाई बुस्टर डाेज आवश्यक भएकाे चान्सलर मर्केलले बताइन् ।

युराेपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खाेप अनिवार्य गरिएकाे छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डाेज अनिवार्य गरिएकाे छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply