मंसिर १७, टाेकियाे, एजेन्सी | १७७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत उनकाे ६७ वर्षीया ती विधवासँग भेट भएकाे थियाे ।

दुई महिनापछि याे जाेडीले विवाह गरे । तर, इसाओ काकेही अर्काे बसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाकाे चाैथाे शिकार बने ।

७४ वर्षीया चिसाकाे काकेही तीन ओटा पार्टनरकाे हत्या र चाैथाेकाेकाे हत्या प्रयासकाे अभियाेगमा मृत्युदन्ड कुरेर बसेकी छन् ।

उनकाे हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । साेही अभियाेगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् ।

लामाे सुनुवाईपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदन्डकाे फैसला सुनायाे । 'जाेडी मिलाइदिने निकायमा पुगेर उनले एकपछि अर्काे बृद्धसँग सम्बन्ध गाँसेर उनीहरुलाई विष खुवाएर हत्या अनुसन्धानका क्रममा दखिन्छ,' उनकाे मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले याेजनबद्ध ढंगले हत्या गरेकाे उनकाे भनाई छ ।

यसरी सुरु हुन्छ हत्या शृंखला

सन् २०१४ सम्म उनकाे बारेमा जापानमा विरलै नाम सुनिएकाे थियाे । जापानकाे दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाईसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनकाे २३ वर्षकाे उमेरमा सन् १९६९ मा विवाह भएकाे थियाे । सन् १९६९ मा पतिकाे मृत्युपछि उनी विधवा बनेकी थिइन् । पतिकाे मृत्युपछि उनकाे हत्या शृंखला सुरु भएकाे थियाे ।

सन् २००७ मा उनी ७८ वर्षीय ताेसिकाई स्युहिराेसँग सम्बन्धमा रहिन् । सन् २००७ काे १८ डिसेम्बरमा काकेही अाफ्ना सन्तानसहित स्युहिराेसँग खाना खाँदैथिइन् । त्यहीबेला स्युहिराेकाे खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिराे अचेत हुन्छन् र केही बेरपछि उनकाे मृत्यु हुन्छ ।

केही वर्षपछि उनले अर्का पुरुष मासानाेरी हाेन्डाकाे हत्याकाे षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानाेरी हाेन्डा राम्राे अवस्थामा थिए । सन् २०११ सम्म उनकाे डायबिटिज सामान्य थियाे । साेही वर्ष उनी अकस्मात उनै विधवा चिसाकाे काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरुबीच डेटिङ भयाे । अर्काे वर्ष उनीहरुले विवाह गर्ने याेजना गरे ।

सन् २०१२ काे ९ मार्चमा उनले हाेन्डालाई स्टाेरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नाे बाटाे लागे । साेही दिनकाे पाँच बजे हाेन्डाले हाेस गुमाए । दुई घन्टापछि चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरे । उनकाे रहस्हयमय हत्यामा काकेहीकाे संलग्नता रहेकाे अदालतकाे फैसलामा उल्लेख छ ।

चिसाकाे काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् ।