१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ने.क.पा. (गौरबशाली) ले वामपन्थी शक्तिलाई एकतावद्ध गर्न पहल गर्ने

२० चैत्र २०७८, आईतवार १६:२९

चैत २०, काठमाडौं । ने.क.पा. (गौरबशाली) पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार पुरानो सिनामंगल स्थित केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष भविश्वर पराजुलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी स्थानीय चुनावमा वामपन्थी शक्तिलाई एकतावद्ध गराउन पहलकदमी लिने र पार्टी संगठनलाई सुदृढ र विस्तार गर्ने निर्णय लिएको पार्टी प्रवत्ता बालकृष्ण लम्सालले बताए ।

सातै प्रदेशका ईन्चार्ज तथा जबस ईन्चार्ज एवं विभागिय प्रमुख समेतको सहभागी बैठकले स्थानीय चुनावमा तालमेल वा सहकार्य गर्ने विषयमा छलफल चलाएको सम्बन्धित सुत्रले जनाएको छ ।

आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको धारणा बनाउन बसेको सो बैठकले पार्टी संगठन र विभागिय जिम्मेवारीको हेरफेर समेत गरेको छ ।


निर्वाचन आयोगमा दर्ता भई स्याउ चिन्ह प्राप्त गरेको सो पार्टीले देशव्यापी रुपमा संगठन विस्तार गर्दै गएको र देशभक्त, वामपन्थी शक्तिलाई एकतावद्ध गराउन विशेष पहलकदमी लिदै आएको छ ।

२०७५ सालमा तत्कालीन ने.क.पा. एमाले र नेकपा माओवादी केन्द्र बीच एकता हुँदा असन्तुष्ट भई नेकपा माओवादी केन्द्रलाई नै निरन्तरता दिदै आएको सो पार्टीलाई निर्वाचन आयोगले माओवादी केन्द्रको मान्यता नदिएकोले

नेकपा (गौरबशाली) को नाममा दर्ता गरी पार्टीका गतिविधी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार