By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण
पर्बत - PBTलेख

कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण

साझासवाल
Last updated: March 30, 2017 5:17 am
साझासवाल
32 Min Read
Share

दुर्गा बहादुर दर्जी | 

मृत्यु त्यतिकै सत्य हो, जति जीवन सत्य छ । फेरी पनि जीवन सवैलाई प्रिय हुन्छ भने मृत्यु सवैको लागि अप्रिय हुन्छ । यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम वुझेकाहरुको हकमा पनि त्यतिकै लागु हुन्छ । तर जसले जीवनजगत वा जीवनमूलयलाई ठीक ढङ्गले बुझेका छैनन्, तिनको निमित्त त जीवनको मोह र मृत्युको भय अत्यन्त बढी हुन्छ । यसैले सामान्य मान्छेहरु मृत्यु शब्दको उच्चारण मात्र पनि अशुभ मान्दछन् मुर्दादेखि डराउनु मसानघाटको नजिक जाँदा तर्सिनुमा पनि यही अव्यक्त मृत्युभयले काम गरेको हुन्छ । फेरी पनि सत्य एएउटै छ, जन्मिने प्रक्रियासँगै मृत्युप्रक्रिया पनि शुरु भएरै आएको हुन्छ । नियमित प्रक्रिया वा आकस्मिक दुर्घटना जेबाट होस्ु मृत्यु अवश्यभ्भावी छ । 

त्यसो भए हामी छलफल के विषयमा गर्दैछौं त ? कुरा के हो भने जन्म, जीवन र मृत्यु यो सवै नितान्त भौतीक प्रक्रिया हो । यो सवै आफैसँग छ, ठोस छ र दृश्यमान छ । अनि अहिलेसम्मको ज्ञात व्रह्माण्डमा मानवजीवन नै सवैभन्दा उन्नत, सुन्दर एवम् महान् भौतीक रचना हो । यस्तो मनुष्य जीवन र यसको जीवनमरणप्रक्रियालाई पापयम र अपराधमय भन्ने र यति सुन्दर संसारलाई पापको सागरको रुपमा चित्रण गर्ने पिण्डत–पुरेतहरुले हाम्रो जीवनलाई अनावश्यक रुपमा भयाक्रान्त एवम् दुखित बनाइदिएका छन् । जन्मनु पाप, हुर्कनु पाप, राम्रो लाउनु, मीठो खानु, सुख काट्नु पाप, उठ्नु वस्नु, खानु, सुत्नु, बोल्नु, चल्नु र मर्नु पनि पाप “म पाप हुँ, मेरा सवै कर्म पाप हुन्, मेरो आत्मा पापी छ , मेरो जन्म पापबाट भएको छ । त्यसैले हे प्रभु ! मलाई पापबाट मुक्त गर ।” यही हो कर्मकाण्डी–पुरेतवादी जीवन दृष्टिकोण । 

यसरी हिन्दु धर्मको नाउँमा चलेको व्राह्मणवाद र पुरोहितवादले मान्छेको प्रजनन् प्रक्रियादेखि मृत्युसम्म नै पुरा पापको जालोले जेलिएको देखाएको छ । त्यति सामाजिक अव्यवस्था र धार्मिक कुसंस्कारले गर्दा हाम्रा चिन्तन र चाल चलनहरु जीवनमुखी होइन, मृत्युमुखी बनेका छन् । जीउँदा बाबुआमालाई खान लाउन नदिने, हेला अपमान गर्ने, कुटपिट गर्ने घरबाट निकालिदिने, सन्तानहरु समाजमा छयासछयास्ती पाइन्छन् । त्यति मात्र होइन कैयन बुढाबुढीलाई आफ्नै सन्तानले उपचार नगराई अकाल मृत्यु मर्न वा आत्महत्याको लागि वाध्य पार्ने अझै आफैले हत्या समेत गर्ने गरेको पाइन्छ । तर तिनै सन्तानले मरेपछि किरिया गर्ने, गरुणपुराण लाउने, एकाहा लाउने, वर्षभरि बरखी बार्ने, भव्य शैयादान, भूमिदान र सुनको प्रतिमा दान गर्ने आदि गरेर बाबुआमालाई स्वर्ग पुर्याएको ढ्वाङ पिट्दै हिँडछन् । मुर्ख समाज तिनकै प्रशंसा गर्दै भन्छन् हेर छोरो हुनु त त्यस्तो पो हुनु त । बाबुआमाको निमित्त आधा सम्पत्ति सकेर दानपुण्य गर्यो । वास्तवमा यस्तो कामले पितृ स्वर्ग जाने होइन कि तिनका सन्तानको आफ्नै सामाजिक दम्भ पुरा हुन्छ र पुरेतको आर्थिक स्वार्थ मात्र पुरा हुन्छ । 

स्वभावतः आफन्तको मृत्युले मान्छेलाई अत्यन्त मर्माहत एवम् संवेदित बनाउँछ । त्यतिवेला आफन्तजनहरु, स्वजनहरु मृत्युको वियोगले जति तड्पिन्छन् । त्यसभन्दा बढी उनको आत्माले दुःख पाउँछ कि भनेर चिन्तित हुन्छन् । त्यतिवेला प्रियजनको मृत्युको कारणले शारीरिक एवम् मानसिक रुपमा मान्छे कमजोर बनेको हुन्छ । भेट्न आउनेहरु आफै अगाडि बसेर रुन्छन् विलाप गर्छन् । वातावरण सिङ्गै मृत्युमय र शोकमय बनेको हुन्छ । सवैले मृतात्माको मुक्तिको लागि बढी भन्दा बढी दानपुण्ड गर्न उक्साइरहेका हुन्छन् र किनकि त्यो कुरा भोली आफ्नै मृत्यु र स्वर्गप्राप्तिको फैसलासँग पनि जोडिएको छ । यस्तै अवस्थामा अत्यन्त कष्टकर ढङ्गले काजक्रिया वस्ने र गरुडपुराण लाउने चलन छ । जसमा गरुडपुराणको प्रेतखण्डका सोह्रवटा अध्याय पर्दछन् । यो यस्तो ग्रन्थ हो, जसले काल्पनीक नरक र त्यहाँको भयानक यातना वर्णन  गर्दै क्रियापुतीलाई भयातुर एवम् लगलगी काम्ने अवस्थमा पु¥याउँछ । जसरी एउटा अशिक्षित, सोझासिधा र निर्दोष गाउँलेलाई प्रहरीले एकाएक कसैको हत्याको अभियोगमा गिरफ्तार गरेर निर्मय यातना दिएपछि ऊ जे गर्न र जे दिन पनि तयार हुन्छ । त्यसैगरी त्यो क्रियापुत्री गरुडपुराणमा वर्णित नरकयातनाको भयानक कथा सुनेपछि र आफु सिङ्गै तेलको कराहीमा पाक्नुपर्ने भएपछि जे गर्न र जे दिन पनि तयार रहन्छ । पाँचौ दिनबाट शुरु गरिएको गरुडपुराण दसौ दिनमा सिद्धिन्छ । त्यतिन्जेल क्रियापुत्री र मृतकका आफन्तहरुको दिमाग गरुणपुराणको कल्पित नरकवर्णन र त्यसको भयले पुरै कव्जा भैसकेको हुन्छ, अनि एघारौं, बाह्रौ र तेहौं दिनमा दान दक्षिण र भोजभतेरको काम हुन्छ । यो प्रक्रिया पाक्षिक र मासिक गर्दै कुनै न कुनै रुपमा वर्ष दिनभर पनि रहिरहन्छ । वार्षिकीको बेला उसैगरी शथ्यादान र खनेकभाँती दान गरेर जजमानलाई रित्याउने काम फेरि हुन्छ । त्यति मात्र होइन, वार्षिक श्राद्ध, गया र काशीश्रद्धा आदिको चिन्ताले जीवनभर सताइरहन्छ । यस लेखमा गरुडपुराणमा वर्णित पिण्डदान, वैतरणी नदी, नरक वर्णन र त्यसबाट मुक्ति पाउनको लागि गरिने दानपुण्डको बरेमा केही कुरा उल्लेख गरिनेछ । 

हिन्दु दर्शनअनुसार मान्छे मरेपछि त्यसलाई जलाइन्छ र त्यो खरानी बनाइन्छ । अथवा जमिनमा गाडेर कुहाइन्छ । तर त्यसको आत्मा मर्दैन, जल्दैन र गल्दैन । गीताको भनाइअनुसार “जसरी मान्छेले पुराना कपडा त्यागेर नयाँ कपडा फेर्छ, त्यसैगरी आत्माले मृत शरीर त्यागेर अर्को नयाँ शरीर ग्रहण गर्दछ । ” यो मत वेदान्तीहरुको हो, जसले कर्मकाण्ड र पुरोहितवादलाई खास मान्दैनन् । तर कर्ममाण्डी परेतहरु मान्छेको मृत्युपछि त्यो आत्मा प्रेत बनेर अनन्त यातना सहँदै भट्किन थाल्ने कुरा बताउँछन् । त्यसैले त्यसको उद्धारको लागि क्रिया वस्नु, पिण्डदान गर्नु, पुराण सुन्नु र दानपुण्य गर्नु आवश्यक छ भन्छन् । 

मरेको मान्छेलाई प्रेतबाट उद्धारा गर्न र अर्को ज्यान निर्माण गर्न  क्रियापुत्रीले दश दिनसम्म लगातार पिण्डदान गर्नुपर्छ । गरुडपुराणअनुसार त्यसरी दिएका पिण्डहरुबाट मृतकको अर्को शरीर यसरी निर्माण हुन्छ । “प्रथम दिनको पिण्डले टाउको, दोस्रो दिनकोले गर्धन, काँध, तेस्रो दिनकोले हृदय, चौथो दिनकोले कम्मर र गुदद्धार, सातौं दिनकोले पाउ र दसौं दिनकोले भोकप्यास वन्छ र एघारौं एवम् बाह्रौं दिनको पिण्ड त्यसरी बनेको शरीर आफैले खान्छ ।”

तर यही कुरालाई व्रह्मपुराणमा यसरी उल्लेख गरिएको छ । “प्रथम दिनको पिण्डबाट शिर, दोस्रो दिनकोबाट आँखा र नाक, कान, तेस्रो दिनकोबाट घाँटी, कुम, पखुरा र छाती चौथो दिनबाट नाइटो लिङ्गर गुदद्धार, पाँचौ दिनकोबाट घुँडा, साँप्रा र खुट्टा, छैटौं दिनबाट साना अङ्गहरु, सातौं दिनकोबाट नसाहरु, आठौं दिनकोबाट दाँत र रौं, नवौं दिनकोबाट वीर्य र दासौं दिनकोबाट पूर्ण शरीर र भोकप्यास आदि वन्दछन् । ” यसैले पिण्डदान गर्नुपर्छ र पिण्डदान नपाएका प्रेतहरु कल्पान्तरसम्म भोक र प्यासले तड्पिदै निर्जन जङ्गलमा भौतारिरहन्छन् । आजको वैज्ञानिक युगमा मेरेर भस्म भएको मान्छेको शरीर खीर या भातका डल्लाहरुबाट पुनः निर्माण हुन्छ भन्ने कुरा कति रमाइलो अज्ञानता होला हगि ! त्यसमा पनि यी दुवै पुराणका मुर्खतापूर्ण भनाइहरु कसरी आपसमा बाझेका छन् । हामीले दाँजी ह¥यौं । तथापि आश्चर्य के हो भने हामी त्यसमै विश्वास गछौं र जसो जसो बाहुन बाजे, तसो तसो स्वाहा” गर्दै आँखा चिम्लेर काल्पनीक नरकमा हामी फालिरहेका छौं । ज्युँदै प्रेत बनेर नरक नरक भड्किरहेका छौं । 

यसरी शरीर निर्माण भैसकेपछि त्यस प्रेतात्माले चित्रगुप्त नाम गरेको यमराजको लेखाफाँटमा पुगेर आफ्नो पापपुण्यको बहीफाँट हेर्न र सो बमोजिम नरक वा स्वर्गमा जाने ठहर सुन्न पाउँछ । तर त्यहाँ जाने बाटो एक वैतरणी नामको नदी छ । “त्यसको चौडाइ चारसय कोस छ र त्यो पुरै दिसा, पिसाव रगत, मासु, पीप र हड्डीहरुको लेदो बनेर भक–भक पाक्दै गरिहेको छ । त्यसमा भयंकर गोही, सर्प, सियोको टुप्पो जस्तै तीखा दह्रा नङ्ग्रा भएका अनेकौं मांसाहारी जतजन्तुहरु छन् । जसले त्यो प्रेतलाई लुछ्ने, चिथोर्नेर कोपर्ने गर्छन् । त्यो नदी नतरी नरक वा स्वर्गको फैसलासम्म गर्न नसकिने हुँदा यमदूतहरुले त्यस प्रेतलाई त्सस नदीमा हेलिदिन्छन् । यदि त्यसले गोदान गरेको छैन र अन्य दानपुण्य गरेर पुरेत पण्डितलाई रिझाएको छैन भने त्यो वैतरणी पार हुन सक्दैन । हजारौं पटक त्यसैको भुमरीमा डुव्दै, त्यही लेदो पिउँदै, जल्दै र जलन्तुहरुबाट कोपरिदै गर्छ । त्यो जति विलाप गर्छ, त्यति नै त्यसलाई यमदुतहरुले भालाले रोपेर, नाककानमा सिक्री लाएर हातगोडा बाँधेर फलामको भारी बोकाएर, फलामका मुग्राले पिट्दै, रगत छदाउँदै र पुन? त्यही रगत खुवाँदै घिर्र्साछन्, घिच्याउँछन् । तर यातना सहनुपर्ने हुनाले त्यो प्रेत शरीर फेरि पनि मर्दैन । ”

यसरी नदी पार गरी धर्मराजको ढोकामा पुगेर आफ्नो पाप–पुण्यको वयान दिएपछि गरीब, दुःख्ी र दान दिन नसक्ने मान्छेले भयानक नरको पीडा खप्नुपर्छ । “तिनलाई चण्ड , प्रचण्ड आदि यमदुतहरुको साङ्लाले घिर्सार्दै भालाले रोप्दै र मुङ्ग्राले ठटाउँदै नरकतिर लैजान्छन् । त्यसपछि तिनलाई तरवारका पात भएका जङ्गलमा घिर्सानु , करौतीले चिर्नु, झीरमा उन्नु, आगोमा हाल्नु, पाकेको घिउ तेलको कराईमा पकाउनु, हात खुट्टा बाँधेर उधोमुन्टो लगाएर पहाडबाट झारीदिनु वा गहिरो इनारमा प्याकिदनु जिउँदै गिद्धहरुले लुछुन आदि हजारौं यातना दिइन्छ । 

यसप्रकारको नर्क कन्या यात्राको अनन्त एवं अववर्णनिय यातना खप्ने मान्छे यही हो जसले गरीवको कारणले दान गरेर देउतालाई खुसी तुल्याउन सक्दैनन् । दान नदिने गरीब हुन्छ गरीब भएपछि पापी हुन्छ, पापी पछि नरकमा जान्छ फेरी नरकको लामो यातना पछि गरीब भएर जन्मन्छ । फेरी पाप गर्छ र फेरी नरकमा जान्छ । करोडौं जन्म मृत्युको पाप कटिन आश्चर्य लाग्छ । धर्म र स्वर्गको यो व्यवस्था र घुसाए प्रशासनमा कति अन्तर छ होला । 

यसरी कोलमा नारिएको गोरु झै गरीब मान्छे बारम्वार नगरको यातना सहँदै गरीव र दुःखीको जुनीमा घुमि रहन्छ ।त्यति मात्र हैन जसरी संसारमा प्रत्येक दिन गरीबहरुको दैलोमा साहु आएर हप्की तप्की गर्छ ।ठीक त्यसै गरी नरकमा पनि भयानक यातनाले तड्पी रहेका वखत यहाँको साहु गएर आफ्नो धन असुली माग्छ । ऊ भन्छ वल्ल मैले तँ साहु मारालाई यहाँ भेटाए ले ले मेरो ऋण तिरी हाल । यस लोकमा जाने पापी तिनै हुन । जसले साहुको ऋण तिर्न सक्दैन । व्राह्मणलाई दान दिएको जमिन फिर्ता लिनेहरु ६० हजार वर्ष गुहेकिरा वन्दछ । 

यी नरक यातनाबाट पार पाएर स्वर्ग जाने एउटै उपाय छ त्यो हो दान पुण्य र भोज भतेर गर्नु । जव पिता मृत्युको निम्त्ति भुईमा लडेर आँखा चिम्लन्छ । त्यति बेला पुत्रले बाबुको धनमा अलिकति पनि लोभ लालच नगरी दान गर्नु पर्दछ । दान धेरै प्रकारका छन् र तीनको महिमा पनि अन्नत छ । तथापी सुन दान, शैयादान, र भूमी दानको महत्व अवरणीय छ । शैयादान गर्दा मृत्य पुरुषको सुनको मूर्ती बनाएर शैयामा राख्नु पर्दछ र दान दिने व्राह्मणका दुवै पति पत्नीलाई सम्पूर्ण वस्त्र र गहना आवुषणले सिगारेर शैया दान गर्नु पर्दछ । यसो गर्दा भोकै गरिन्छ । चिन्ता गर्नु पर्दैन । किनकी संसार पुरै दुःखमय छ र यस्लाई त्याग्नु वा मर्नुमा नै परम सुख छ । यसरी मृतकको नाममा मानसीक शारीरिक कष्ट सहेर मात्र पुग्दैन । घरमा भएका लुगा कपडा भाडा वर्तन सुनचाँदी सवै प्रकारका खाद्य तथा पेय गाई गोरु, घोडा हात्ती जग्गा जमिन नगद आदि जोसँग जे जे छ त्यो सवै आँखा चिम्लेर दान गर्नुपर्दछ । 

माथि बताइएको दानले मात्र हुँदैन व्राह्मणहरुलाई भोजनले समेत खुसी गराउने कुरामा पनि त्यतिकै ध्यान दिनुपर्दछ । व्राह्मणलाई भोजन गराउँदा विस्तारै विस्तारै खुवाउनु पर्दछ । तीनलाई सन्तुष्ट पार्न जजमानले तीनको नजिक बसेर तीनका गुणको वखान गर्दै खुसी तुल्याउँदै बढी भन्दा बढी खुवाउनु पर्दछ । उनीहरुले भोजन गर्दा सुद्र, कुुकुर र सुँगर र राजश्वला नारीले हेर्न हुदैन । तीनलाई बास्मतीको भात, दुध, दही, ताजा मासु र सोमरस (रक्सीले) सन्तुष्ट तुलाउन पर्दछ । आश्चर्य के छ भने जतिखेर यो व्राह्मणको शुरुवात भयो त्यतिवेला बाहुन पुरोहितहरुको सवै भन्दा प्रिय खाना भनेको कोरली गाईको मासु र रक्सी भएको कुरा विभिन्न हिन्दु शास्त्रमै पाइन्छ । रन्तीदेव नामक राजाले प्रत्येक दिन २००० हजार गाई काटेर व्राह्मण भोज गराउने गर्थे । व्राह्मण वाद र पुरोतवादको यस्तो निर्मम शोषण प्रति भौतीक वादीहरुको विरोध त हुँदै आएको छ । सुधारवादीहरुले पनि कडा विरोध गर्दै आएको पाइन्छ । स्वामी विकासानन्द भन्छन् जहाँ दश वीस साँधु तथा व्राह्मणले सारा गरीवहरुको रगत चुस्छन् । त्यसलाई कुनै देश भन्ने की नरक ? यो कुनै धर्म हो की राक्षसी नाच ? उनी अब यो व्राह्मणवादको अत्याचारलाई समाजले व्याज र साँवा सहित असुल्न पर्दछ भन्ने कुरा पनि गर्दछन् । व्राह्मण पुरोहितहरुको सक्कली रुप मध्ये एक वहुचर्चित पौराडिक पात्र नारद पनि हो । ऊ स्वर्गदेखि मत्र्यसम्म तीन लोक चौध भुवन सवै चाहारि हिड्छ । उसले आफ्नो चाहना अनुसार उचाल्ने, पछार्ने, थचार्ने आशिक वा सराप दिने युद्ध भडुकाउने वा सम्झौता गराउने आदि सवै काम गर्दछ । हाम्रा कर्मकाण्ड पुराण र स्मृति ग्रन्थ्रहरुमा वाहुनको शक्ति असिमित र खतरनाक पनि देखाएको छ । त्यसैले माहाभारतमा पनि भिष्मपितामहले युधिरिष्ठीरलाई भनेका छन् । व्राह्मणहरुलाई हरक प्रकारले प्रसन्न तुल्याउनु पर्दछ । किनकी उनीहरु रिसा एभने सवै विद्धसं गर्न सक्छन् ।

उनीहरुले चाहे भने देवतालाई मान्छे र मान्छेलाई देवता बनाउन सक्छन् । अनि यसरी सामन्तवादको जति विकास हुँदै गयो समान्त शासकहरु र पण्डित पुरोहितहरु नङ र मासु झै एक अर्का माथि निर्भर हुँदै गए र त्यसको लागि आपसमा मिलेर अरु सवैमाथि अत्याचार गर्न थाले हाम्रो यी पुराण र धर्म शास्त्रहरुमा धर्म कर्म दान पुण्य आदिको कुरा गरी रहेका छन् । ती पुरुषहरुद्धारा लेखिएका हुन र पुरुषहरुलाई नै केन्द्रमा राखेर गरिएका छन् । पुत्रको मुख नदेखि र उस्ले दिएको पिण्डपानी नखाई स्वर्गको ढोका खुल्दैन भन्ने धर्मशास्त्रहरु महिलाहरुको निमित्त भने लोग्नेको नाउँमा जिउँदै जल्नु नै स्वर्ग जाने उपाय हो पनि भन्दछन् । उनीहरु भन्दछन् कुनै स्वास्नी मान्छेको लोग्ने विदेशमा मर्यो र सँगै सती जान पाएन भनी उस्का खराउ जुत्ता च्यापेर चित्तामा जत्नु पर्दछ । यदि कुनै स्त्री पति परेपछि पनि बाँचीरहेकी छ भने ऊ मर्दा उस्को निमित्त अलगै किरिया पिण्ड दान गर्नु पर्दैन किन की लोग्नेको मृत्यु भएर पनि बाँची रहने स्वास्नी मान्छे बाँचेर पनि मरी सकेकी हुन्छे । केही माथि वर्णन गरिएका कुराहरु कुनै भगवानका रचना वा देव वाणी हुन यदि कसैलाई देव वाणी भनिन्छ भने भन्नु पर्छ धनी र समान्तको कल्याणको लागि व्यवस्था गरिएका देव वाणीहरुको सत्यनाश होस् । 

जसलाई हिन्दुहरुको धर्म, कर्मको मुल जरो भनिन्छ । त्यो वेद हो । र वेदको मुल अंश स्वयंमा कुनै हिन्दु भन्नेहरुको एक्लो रचना होइन । त्यो त करीब ३५ सय वर्ष पूर्व युरोप तिरबाट इराक, इरान, अफगानस्थान, पाकिस्तान,  कस्मिर हुँदै पञ्जाव तिर प्रवेश गर्ने शिकारी, घुमन्ते जातीको साझा गित हो । जस्ले ऋग वेद र वेदका मुख्य अंशहरुको गीत रचे वा गाए तीनीहरु आज हिन्दु, मुसलमान र क्रियश्चन सवै धारामा विवाधित छन् । कयौं शब्दहरु इरानी, ग्रिस्सेली, ल्याटिन अंग्रेजी, केन्ट र इस्लाभ भाषासँग मिल्दछन् । इरानी प्राचित ग्रन्थ र ऋघ वेदका कतिपय वाक्यहरु नै मिल्दछन् । त्यति मात्र होइन इन्द्र, बायु, मित्र आदी देवताहरुको नाम समेत एउटै छ । मान्छेको मृत्यु पछि जुन आत्मा अमर र कर्म अनुसार कर्म वन्धनको यातना खप्नु पर्दछ भनेर भ्रम सिर्जना गरीरहेको छ । त्यो कुरा सर्वप्रथम उपनिशवाद र सत् पथ व्राह्मण ग्रन्थमा पाइन्छ । अर्थात यो कुरा देववाणी भनिएको मुल वेदमा नभएर त्यस भन्दा झण्डै १ हजार वर्ष पछिका ग्रन्थ्रहरुमा मात्र पाइन्छ । पुराणमा कल्पीत स्वर्ग नरक जस्तो कुरा देववाणी भनिएको मुल वेदमा नभएर धेरै पछि आजभन्दा २ हजार २५ सय वर्ष पहिले मात्र सामन्त शासकहरु र तीनका सल्लाहकार एवं नितीकार धर्म गुरु र पण्डीत परोहितहरुले शुरु गरेर धेरै पछिसम्म वुन्दै आएका माहाजालहरु हुन । स्वर्ग र नरकको कल्पना पण्डित पुरोहितहरुको दासकालीन वा सामन्ती समाजका ती दृष्यहरुबाट गरे, जहाँ शासकहरु सुख र सुरासुन्दरीमा चुर्लुम डुवेका हुन्थे भने दास दासीहरु मालिकहरुका खोरहरुमा माथि वर्णन गरिए झै अकल्पनीय पिड र यातनामा छड्पटिएका हुन्थे । त्यतिमात्र होइन वेद पुराण र धर्म ग्रन्थहरुमा जस्ले जति खेर चायो । त्यतिखेर भाष मिलाउँदै आफ्नो स्वार्थसँग मेल खाने श्लोकहरु थप्दै जाने क्रमपनि सयौं वर्षसम्म रह्यो । यसरी नै संस्कृतिमा लेख्न सक्ने सवै अवसरवादी सामन्तहरुले आ–आफ्ना स्वार्गका कुराहरुलाई देववाणी वा भगवानको आदेशको रुपमा सवै शास्त्रहरुमा समावेश गर्दै गए । यस प्रक्रियालाई नै पौराणिक भाषामा प्रक्षेपण भनिन्छ । 

तर आजसम्म आइपुग्दा सवै मानव शास्त्री एवं समाज शास्त्रीहरु एउटै निष्कर्षमा पुगेका छन् । त्यो हामी आज यो विश्व भरी विभिन्न जात जाती र धर्म सम्पदायमा विभाजित सभ्य मानिसहरु छौं । हामी सवैको एक प्रकारको वाँदरका वंशज हुँ । मात्र अफ्रिकाको जंगलमा वल्ल वल्ल हातलाई मुख गरेर दुई खुट्टाले टेक्न शुरु गरेको थियो । मान्छे आफ्नो एक ठाउँमा स्थिर भएर अलग सभ्यताको पहिचान दिदै वस्न थालेको तँ करीब १० हजार वर्ष भगवान ईश्वर, स्वर्ग, नरक पूनरजन्म यी सवै कुराहरु त त्यस भन्दा पनि धेरै पछि मान्छेले आफ्नो अज्ञानता, कल्पना र स्वार्थले जन्माएको हो । २० लाख पूर्वको नर बानर हजुर बाबुसँग सम्वन्ध जोड्दै ल्याउँदा मानव इतिहासमा त्यो स्वर्ग नरकको कुरा शुरु भएको एकै छिन मात्र वन्छ भन्नु उपयुक्त हुदैन त ? सत्य त के हो भने हाम्रा पुर्खाहरुले भोग प्यास रोग युद्ध र मृत्यु हिस्रक जनावर एवं प्रकृतिसँगका अनगिन्ती खतरासँग जुध्दै यहाँसम्म आइपुग्न जे सम्भव थियो । त्यो सवै गरी त्यहाँ कुनै धर्म नियम यज्ञ स्वर्ग नरक केही थिएन । यही कुरालाई माहाभारतमा यसरी उल्लेख गरिएको छ । त्यहाँ देवता दैत्य गन्दर्भ, यक्ष, राक्षस, व्यापारी, व्यवसाय वा ऋण साव अर्थ वा जस्ता वेदहरु वर्ण व्यवस्था यज्ञादी क्रिया केही थिएनन् । यहाँ रचित सम्पत्ति हुन् । त्यहाँ शासक शासित ऐन कानुन जात वर्ण स्वर्ग नरक केही थिएन । त्यहाँ त केवल साझा जीवन थियो । त्यसैले त्यहाँ त केवल मान्छे थियो जीवनको निम्त्ति संघर्ष थियो । नियम अथवा धर्म जे भने पनी बाँच्नु र अगाडि बढ्नु मात्र थियो । विश्व व्राहण्ड र मानिसको सृष्टी परेमेश्वरले गरेका हुन भन्नेहरु लागि पाँचौ वेद मानिएको माहाभारतको भनाई नै काफी छ । 

त्यति बेला हाम्रा ती पुर्खाहरुले नरमास लगाएर जेले मानवको रक्षा हुन सक्थ्यो । ती सवै कुरा खाए त्यहाँ गरुड पुराण वा अर्को कुनै पुराणका मुर्खतापूर्ण बाघ जालले सम्भावनाको थियो नत कुनै अर्थ नै हुन सक्थ्यो । यति कुनै धर्म र स्वर्गका ठेकेदारले यो विज्ञान सम्वत् तथा आप्mनै शास्त्र सम्वत् कुरा माथि समेत औलो उठाउँछन् भने के भन्ने सकिन्छ भने त्यसो भए हामीले पनि अब गरीबको पसिना चुस्दै बसी खाने साहु सामन्तलाई अर्को वैतरणी नदी र अर्को नरक संघारमा पारेर संस्कृति भाषामा अर्को करुण पुराण रचना गरेर स्वर्ग र नरक उल्टाइदिए कसो पर्ला ? हाम्रो समाज बढीमा ३ हजार वर्ष देखि समान्ती शोषण र त्यसले निर्माण गरेको पौराणिक एवं कर्मकाण्डीय संस्कृतिबाट शासित छ । वेद स्वयंम त्यति खेरको मानव समाजको लागि कल्याणकारी भावबाट प्रेरित कल्पनाको संगतमय संगालो हो । पुराण र निति शास्त्रहरुमा पनि कयौं राम्रो प्रसंग नभएका हौयनन जस्तो किन उल्लेखित महाभारतको कथन तर सामान्त शासकहरु र तीनका खतरनाक षडयन्त्रकारी राजा गुरु एवं धर्मका व्यापारि कर्मकाण्डीहरुले ती सवैलाई प्रकाशका प्रचारमा ल्याउन सकेनन् । तीनले संस्कृति भाषालाई बाहुन क्षेत्री बाहेक अरु कसैले पढ्न नहुने बनाएर संस्कृति ग्रन्थका कतिपय राम्रा कुराहरुलाई सधै दवाएर राखे । तीनले भगवानको बाणी र पवित्र मन्त्रको रुपमा ती जालहरुको मात्र प्रयो गरे, जसले मृत्यु पछि पनि स्वर्ग सुख, एक्लौटी तीनकै भागमा परोस र श्रमजीवी जनताको भागमा नरक माथि वयान गरिएको सवै प्रकारको दुख मात्र परोस । परिणाम त बाहुन वादले हामी माथि लादेका पुजा आजा दान पुण्ड आत्म र परमात्मा पूर्व जन्म पुनरजन्म, भाग्य कर्म स्वर्ग नरक झाकी वोक्सी भूत प्रेत सहुन साइत रासीफल ग्रह दशा जाती भेद लिङ्ग भेद र गरुण पुराडजस्ता भयवीत पार्ने कथाहरु छन् । 

जो केवल तीनका धार्मिक व्यापारका हतियार मात्र हुन पुगेका छन् । जति बेला यो व्राह्मणवाद पुरोहितवादको चलन चल्यो त्यतिबेला देखि नै यसको विरुद्धमा अनि स्वरवादी, भौतीकवादीहरुले यस प्रकारको प्रयोग वादको विरुद्धमा बोल्न शुरु गरेका छन् । अर्थात स्वर्ग मुर्ती आत्म वा परलोक यी सवै झुट कुरा हुन भनेर भनी रहेका छन् । जलाएर खरानी पारेको शरीर फेरी फर्किने कुरै छैन । त्यतिमात्र होइन गौतम वुद्धको तपस्या वुद्धत्व, मत प्रचार र सर्घष निर्माण यहि व्राह्मणवादी परोहित वादी शोषण विरुद्धको विद्रोह थियो । कर्मकाण्डी पाखण्ड दानको नाममा हुने लुटपाट पशुवली मूर्ती पुजा स्वर्ग नरकको आतकंक कसैको विरुद्ध थियो । वुद्धको सम्पूर्ण जीवन संघर्ष । तर पुरोहितवाद व्राह्मण वादले  बुद्धलाई पनि छोडेन । तीनले भगवानको १० अवतारको कल्पना गरेर स्वयं वुद्धलाई नै विष्णुको दश अवतार भनेर कविता बनाए कर्ममाण्डमा फसाय परिणामा के भयो भने आजसम्म आइपुग्दा वुद्ध धर्मका अनुयायी भनिएका अनेक समुहहरु समेत नराम्रोसँग व्राह्मणवादको सिकार भएका छन् । तीनले ठुलो ठुलो वुद्ध मुर्ती बनाएर पुजा आजा गर्ने गरेका छन् । लामावाद विरुद्धको कर्मकाण्ड पनि कम हानिकारक छैन । जसको वुद्धसँग कुनै साइनो छैन । अव त संसारमा कुनै धर्म सम्प्रदाय चोखो छैन होला जो कुनै न कुनै रुपमा पुरोहित वादको शिकार नबनेको होस् । त्यसैले यो लेखको सम्वन्ध व्राह्माण वा लामावादको नाममा हुने पुरेत्याहीसँग मात्र छैन । संसारका जुनसुकै धर्म सम्प्रदायको नाममा चलेको पुरेत्याही र अन्धविश्वास पनि मानवता विरोधी छ भन्ने हो । युरोपमा औद्योगिक क्रान्ती हुँदा पुँदीवादको विकास हुन थालेपछि शुरुमा पुँजीवादले समेत धार्मिक अन्धविश्वास माथि प्रहार गर्यो । अन्धविश्वास र धार्मिक शोषको विरुद्धमा आवाज उठायो । त्यसो हुनु अनिवार्य थियो । किन की स्वयंम औद्योगिक उत्पादन सुद्र भौतीक प्रयोग हो । हरेक वैज्ञानिक आवश्विकास इश्वरीय सत्ताको चिहान नखनी सम्भवै छैन । तर पूँजीवाद स्वयं शोषणको विरुद्धमा खुलेर मजदुर विरोधी मानवता विरोधी कित्तामा उभिन थाल्यो ।त्यसपछि त्यसले पनि आफुलाई सुरक्षित गर्न सामन्तवादसँग सम्झौता गर्दै धार्मिक अन्धविश्वासको सहारा लिन थाल्यो । वेलायतका राजा र अमेरिकाका राष्ट्रपतिले बाइवल छोएर सपथ खानु तथा नेपालका राजाले प्रत्येक सम्वोधनको अन्त्यमा पुशपतिनाथलाई पुकार्नु र मन्दिर धाउनु आदि यस्तै सम्झौताका हाँसो उठ्दा अभिव्यक्ति हुन । यति मात्र होइन हाम्रा विद्यालयका कक्षाहरुमा अघिल्लो घण्टीमा नैतिक शिक्षाका गुरु गएर विश्व व्रहम्णको सृष्टि परेमेश्वरले गरेका हुन् भन्छन् भने दोस्रो घण्टीमा विज्ञान शिक्षक गएर धुलीकरण सिद्धान्त वा महाविस्फोटन सिद्धान्तबाट व्राहम्ण उत्पत्ती भएको हो भनेर पढाउँछन् । विद्यार्थी रन्थनीन थाल्छ । यो हो की त्यो ? अचेल हाम्रो रेडियो टि.भी. सिनेमा हरुमा विज्ञानका साधनहरुबाट त्यही व्राह्मणवाद भाग्यवाद अवतारवाद अन्धविश्वासको भरपुर प्रचार गरिन्छ । अचेल विज्ञान विरोधी मानव प्रगतिविरोधी र पाखण्डी धर्मगुरु तथा पुरोहितहरुले विज्ञानको महान र नविनतम् आविश्कार कम्प्यूटर इन्टरनेट जस्ता प्रचार प्रणालीलाई यही खतरनाक धार्मिक व्यवपारको लागि प्रयोग गरिरहेका छन् । कुनै बेला मर्नु पर्यो भने म्लेच्छभाषा बोल्नु हुदैन भन्नेहरुले अचेल अंग्रेजी भाषाकै माध्यमबाट यो अन्धविश्वासको भरपुर व्यापार गर्न थालेका छन् । 

अचेल हामै समाजमा पनि छोटो कट्टु र आधा छाती देखाउँदै हिड्ने र साइन्स पढ्ने केटा केटी जो पोषक र पढाईको आधारमा अत्याधुनिक सभ्यताका अनुयायी र वैज्ञानिक चेतले सम्पन्न भएका झै देखिन्छन् । ती नै केटाकेटीहरु समेत धर्मको नाउँमा फोहोरको लेदो बगेको बाग्मती र काली नुहाउँदै रेडियो टि.भीबाट आउने राशीफलका सूचनाबाट आफ्ना दैनिक कार्यक्रम तय गर्न थालेका छन् । यसबाट प्रत्यक्ष रुपमा कसैलाई हानी नोक्सानी नदेखिएपछि परिणाममा धेरै क्षती भएको हुन्छ । यसले गर्दा आफु भित्र विद्या, वुद्धी पौरख पुरुस्वार्थको असिम सम्भावना भएको जो कोही युवा या युवती एकै विहान देखि कुनै अदृष्य भाग्य वन्धनको सिक्रीले सिगारिन थाल्छ र आफु भित्रको ती सवै महानतालाई गुमाउन पुग्छ । आज संसारमा अस्तित्वमा रहेका अद्यात्मीक दर्शन धर्म शास्त्र सम्प्रदायहरु परम्परा र विश्वासहरु आ–आफ्नो समाज विकासको क्रममा जन्मेको र विकसित भएका हुन् । कुनै पनि कुरालाई हामीले एकमुष्ट रुपमा प्रगतिशिल वा प्रतिगामी भन्न सक्दैनौं । मानव विकासको क्रममा सिर्जत  र आर्जित कुनै पनि वैचारिक र व्यवहारिक कुराको मुल्यांकन गर्दा द्धन्द्धवादी दृष्टिले समय काल र पस्थितिको तराजुमा राखेर गर्नु पर्दछ । अर्थात हिजो जुन कुरा प्रगतिशील थियो । त्यो आज प्रतिगामी हुन सक्छ । जस्तो दास युग भन्दा सामन्तवादी युग प्रगतिशील थियो । त्यसैले दास युगको लागि तयार गरिएका कतिपय आस्था र रितिथितीहरु सामान्तवादी युगको लागि अनुपयुक्त भएर वदलिए । आज हाम्रो निमित्त सामान्ती समाजले निर्माण गरेको अत्याधिक विचार व्यवार आस्था र रितीहरु अनुपयुक्त र हानिकारक ठहरिन पुगेका छन् । यस्तो किन भएको हो भने निरन्तर गतिशिल र परिवर्तनशील समाजलाई उही दास युग समान्तयुगका मुुल्य मान्यताका किल्लामा बाँधेर राख्न सकिदैन । नत पुजीवादी युग नै सामान्तहरु सधै टिकि रहने हुन । केही मानिसहरु के तर्क गर्दछन् भने अरु जे सुकै भएपनि देउताका पालादेखिको चलन फेर्न हुदैन । ती शास्त्र छन् मानव सृष्टि रहेसम्म उही रुपमा रहने छन् । हाम्रो समाजमा देउताका पाला भनेको वेद र पुराणको रचनाकारको कुरा हो । वेदको समय जति तन्काए पनि ३५ देखि ४ हजार वर्ष भन्दा पर जादैन र पुराण त धेरै पछिका कुरा हुन् । त्यतिकै लामो सयमको कुरा गर्दा पनि हाम्रा पुर्खाहरु सिकारी र घुमन्ते जीवनबाट भर्खर कृषि र पशुपालन तिर प्रवेश गर्दै थिए । 

ती पुर्खाहरुले वौद्धिक शास्त्रमा घोडा काटे रथसम्मको कुरा गरेका छन् । त्यसैले आकासमा सूर्य सातवटा घोडाले तानेको रथमा चडेर यात्रा गर्ने कुरा पछिसम्म उल्लेख छ । तर मोटरकार विमान तथा हजारौं आधुनिक औद्योगिक उत्पादनको नाम लिन त के कल्पनासम्म पनि गरेका थिएनन् । विमान त अभौतीक कल्पना मात्र हो । त्यसैले देउताका पालाका कुराको धुवाई दिने हो भने आज कुनै नम्वरी पण्डीत सिद्ध माहात्मालाई पनि हलचल पनि नगरी भोकै मर्नुपर्ने हुन्छ । त्यसैले चाहे जुन सुकै धर्मको आडमा चलेका कुरा हुन यति तिनले आजको समाजमा जाती वेद वर्ण वेद, रङ भेद, शोषण दमन अन्ध विश्वास निरासा भाग्यवाद र कुनै पनि प्रकारको पछौटेपनको पक्ष पोषण गर्दछ भने तीनका विरुद्ध संघर्ष गर्ने पर्दछ । यसरी हेर्दा कर्ममाण्ड अन्य यस्तै अनेकौं संस्कार विश्वासहरु आजको समाजका लागि काँडे जञ्जिर सावित भएका छन् । संघर्ष त गर्ने तर समाजमा लामो समयदेखि आस्था र संस्कारको रुपमा जरा गाडेको यी कुराहरु विरुद्ध कसरी लडने ? निश्चित रुपमा जति सुकै गलत किन नहोस् समाजमा प्रचलित कुनै मान्यता र प्रचलन विरुद्ध संघर्ष गर्नु सजिलो छैन । त्यसमा पनि सोझै मृत्यु र मुक्तिसँग गासिएको मृत्यु संस्कार अति नै संवेदनशिल विषय हो । मान्छे पुजा आजा क्रिया श्राद्ध आदि कार्यमा २ कारणले संलग्न हुन्छ । १ आफै भित्रको विश्वास र २ समाजको डर यी दुई मध्ये कुरा मुख्य हो । मान्छेले निर्माण गर्ने मुर्ती र मन्दिर आदि आस्थाको रुपमा मात्र हो । यसको प्रथम विम्व त मन भित्रै जमेको हुन्छ । त्यसैले हाम्रो संघर्ष मान्छेका चिन्तन र चेतनामा टासिएर बसेका गलत चिजका विरुद्ध बढी केन्द्रित हुनु पर्दछ । हामीले एक डेठवर्ष देखि सुन्दै र पढ्दै आएका छौं । केही विद्रोही युवाहरुले यी कुराको विरुद्ध संघर्ष गर्ने नाममा ज्याननै गलत भड्काउपूर्ण सैली अपनाएका छन् । उनीहरुले बाहुनको जनै टुप्पी काट्ने उनीहरुलाई गाईको मासु खुवाउने काजक्रिया गर्न नदिने पुजा आजामा रोक लगाउने मुर्तीलाई लतार्ने हान्ने आदि गरेका छन् । हजारौं वर्ष देखि जनताको मन मष्तिकमा कब्जा जमाएको गलत विचारका विरुद्ध वैचारिक संघर्ष छेड्नु जति कठीन हुन्छ त्यसको तुलनामा यी माथि उल्लेख गरिएका काम गर्नु धेरै सजिलो छ । तर यस्ता कामले समाज फेर्ने त आसै गर्न सकिदैन उल्टो जनताका मनमा रोष, घडा र प्रतिशोधको भावनालाई जन्माउँछ । त्यसैले यस्ता कुरा मुख्य हो वैचारिक संघर्ष । 

यसको निमित्त जनता वीच धैरतापूर्वक छलफल वहस र सम्वादको प्रक्रिया अपनाउन जरुरी छ । तर हाम्रो समाजमा यस्ता वहसहरु ज्यादै नगन्य मात्रमा भएका छन् । वाहिरको मूर्ती मन्दिर त धेरै लामो समयसम्म पुरातात्विक ऐतिहासिक र कलात्मक महत्वको रुपमा रहन सक्छ तर भित्रका अन्धविश्सास र कुरितका पर्दा च्यात्नु जरुरी छ । यसो हुनु के ठीक र के वेठीक भन्ने बारे स्वयंले अनुभूती गर्न सक्ने अवस्थामा मान्छेलाई पु¥याउनु पर्दछ । जनतालाई संस्कारको विरुद्ध व्यवहारिक संघर्षमा सरिक गराउन पहिले उनीहरुको एक निश्चित हिंसालाई सहमत गराउनै पर्दछ । हो, कतिपय अवस्थामा हुने सामाजिक सांस्कृतिक आन्दोलनका धक्काहरु त्यति सहज, सरल र नियमवद्ध हुदैनन्, तर यी पनि विवाद, वहस र विरोधको वाभदुत अन्त्यमा अनुमोदनमा आउन वा ल्याउन सकिने प्रकारका हुनु पर्दछ । त्यसैले हामीलाई जिउँदै नरक भयको वैतरणीयमा हेलिदिने र तेलको कराईमा पकाउने गलत धार्मिक अदालत विरुद्ध अनि यसै प्रकारका सवै कुसंस्कारको विरुद्ध आज देखि संगठित अभियान शुरु गर्नु आवश्यक भएको छ । यहि अभियानको शुरुवात मैले आफै बाट गरेको हुँ । लेखक नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य हुन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण
Next Article गुल्मीमा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता यसकारण पाएनन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMगुल्मी - GLMलेख

डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPगोरखा - GRKजाजरकोट - JKTदैलेख - DLKधादिङ्ग - DHGनुवाकोट - NWKपर्बत - PBTबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLभक्तपुर - BKTमुस्ताङ्ग - MSTम्याग्दी - MGDरसुवा - RSWललितपुर - LLTसमाजसिन्धुपाल्चोक - SDPसुर्खेत - SKT

अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु

57 years ago
पर्बत - PBTसमाज

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?