By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र
काठमाडौँ - KTMगुल्मी - GLMलेख

डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र

साझासवाल
Last updated: July 24, 2018 2:29 pm
साझासवाल
10 Min Read
Share

आदरणिय डाक्टर गोविन्द केसी ज्यु, सर्वप्रथम त नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि हजुरले जिवन कै बाजी राख्दै आउनु भएकोमा यहाँलाई साधुवाद टक्राउन चाहन्छु । तपाईको अनशन मेरो ब्यक्तिगत रुपमा समर्थन र सम्मान छ । यद्येपी  सर्वसधारणको गुनासो मैले यहाँलाई अवगत गराउन चाहेर यो खुल्ला पत्र लेख्ने जमर्को गरेको हुँ ।

डाक्टरसाव, स्वास्थ्य क्षेत्र जस्तो अतिसंवेदनशिल क्षेत्रमा त्यो पनि सरकारी तलव खाएका स्वास्थ्यकर्मीहरु यतिका दिन देखि आन्दोलनमा उत्रिदा आम सर्वसाधरणहरु स्वास्थ्य उपचार गर्न पाउने अधिकारबाट कतिञ्जेल बञ्चित भई रहने ? भन्न थालेका छन  सर्वसाधरणहरु । तपाई एक जना ब्यक्तिको अनशनल तपाईको स्वास्थ्यको हजारौंलाई चिन्ता र ऐक्यबद्धता भई रहँदा आम सर्वसाधरणको स्वास्थ्यको चिन्ता  गर्ने कसले  ? भनेर सवाल पनि उठाईको छ ।

डाक्टर केसी ज्यु, स्वास्थ्य क्षेत्रमा हजुरले बुझ्नै नसकेका र हजुर  अनशन बस्नै नसकेका विकृतिहरु अरु धेरै छन । सरकारी तलव खाएर अधिकांस समय निजी मेडिकलमा खर्चिने, सरकारले तोकेको  स्थानमा नजाने, वर्षऔं अघि देखि ग्रामिण क्षेत्रका अस्पतालको दरवन्दी खाली राखेर बस्ने जस्ता तमाम विकृतिको एउटा उदाहरण दिन चाहन्छु यसै गुल्मीको एउटा साँघुरो थलोबाट ।

यहाँको जिल्ला अस्पतालको उदाहरण दिन्छु म । कति भयो यहाँ दरवन्दी भएका डाक्टर कहाँ छन भन्ने अत्तोपत्तो नभएको ? बुझ्नुहोस यहाँका अन्य स्वास्थ्यकर्मीहरु पनि ग्रामिण क्षेत्रको दरवन्दी खाएर सदरमुकाममा घर पायक पारेर मेडिकल खोलेर बसेको ।

उनिहरुलाई कानुन लाग्दैन ? यहाँको अस्पताल ५० शैया घोषणा भएको कति वर्ष भयो ? खै अहिले सम्म त्यस अनुसारको सुविधा दिएको ? अँस्ती मात्रै सदरमुकाम तम्घासमा एक दलित महिला सुत्केरी हुन नसकेर मृत्युवरण गरिन ।

गाउँ गाउँमा वर्थिङ्ग सेन्टर खोलिएको छ भनेर नेता र सरकारी कर्मचारीहरु नाक ठाडो पार्छन । गएर हेर्नुहोस ति वर्थिङ्ग सेन्टरहरुमा न आवश्यक उपकरण छ । यहाँ सम्मकी वत्ति समेत छैन । औषधीको कुरा त परै छाड्नु होस् ।

राज्यले छुट गरेर , विदेशमा रहेका नेपालीहरुले आफ्नो परिवारको गास काटेर भित्राईएका एम्वुलेन्सहरु यात्रुवाहक छन , विरामी बोक्दैनन  । सिमित मान्छेलाई ज्यान पाल्ने माध्यम बनेका छन । सदरमुकाम कै एम्वुलेन्सहरु सदरमुकाम भित्रै अस्पतालमा आवत जावत गर्न मान्दैनन । रातको समयमा बोलायो भने सदरमुकाम मै भएका एम्वुलेन्स चालकहरुले पाल्पा छु भनेर ढाँटेका गुनासाहरु पनि आई रहेका छन ।

सदरमुकाम नभनि पाल्पा जाउँ भन्ने हो भने बढि पैसा आउने भएपछि निद्रा मै एम्वुलेन्स कुँदाएर आई हाल्छन । औषधीको मुल्य दोब्ब तेव्वर बृद्धि गरिएको छ । सरकारी कार्यालयले खरिद गरेको औषधीमा कमिशन चलेको छ । १० लाखको औषधी खरिद गर्दा ३ लाख कमिशन खाएको आरोप पनि राजनैतिक बृत्तमा चलाईएको छ ।

वर्षेनी सयौं मानिसहरु लाखौं खर्चेर विदेशमा डाक्टर पढ्न जान्छन । फर्केर आई मेडिकल वोर्डले परिक्षा लिदा ३० देखि ४० प्रतिशत मात्रै उतिर्ण हुन्छन । विदेशको त्यस्तो गुणस्तरहिन पढाईको वारेमा आवज उठाउने र अनशन वसी दिने को ?

जहाँ सम्म डाक्टर केसीले  ग्रामिण क्षेत्रमा खोलिनु पर्ने तर काठाण्डौं लगायत पोखरा, वुटवल, विराट नगर जस्ता ठुलो जनघनत्व भएका ठाउँमा मेडिकल कलेज खोल्न नदिने माग  राख्नु भएको छ । त्यो माग झट्ट हेर्दा तपाई ग्रामिण भेगका जनता प्रेमी जस्तो पनि  लाग्छ । तर रहश्य अरु कतिपयले अर्कै बुझ्न थालेका छन । काठमाण्डौं लगायत ठुला शहरका केहि स्थापित मेडिकल कलेजहरु आफुहरु कै मात्र रजाई भई रहोस, अरु नछिरुँन भन्ने चाहेका छन ।

उनिहरुकै अभिष्ट पुरा गराउनका लागि डाक्टर केसीको अनशन हो भन्ने आरोप पनि केहि राजनैतिक कर्मीहरुले लगाएका छन ।  जनसंख्याको पनि मापन गरौं । सिंङ्गो कर्णालीका वासीन्दाको जनसंख्या भन्दा राजधानीको जनघनत्व आठौं गुना बढि छ ।

त्यति ठुलो जनघनत्वलाई  चिकित्सकहरु उत्पादन गर्ने मेडिकल कलेजहरु थप्न पर्ने कि नपर्ने ? मोफशलका ठुलो शहर पोखरा बुटवल, नारायणघाट, विराटनगर, वुटवल लगायतले थप मेडिकल कलेज खोलेर आफ्नै शहरमा स्वास्थ्यकर्मी उत्पादन गर्न खोजेका छन वा माग गरेका छन र गर्लान । अव  उनिहरुको माग तपाई एक जना ब्यक्तिको मात्रै हड कै कारणले बञ्चित हुन दिने ?

तपाईको एकहोरो हड विरुद्ध  बोल्ने, आन्दोलन गर्ने र अनशन बस्ने पनि त भोलीका दिन निस्कीएलान  । सरकारले अव कुन चाँही अनशनकारीको कुरा सुन्ने, मान्ने ?

अहिले सम्मका जनआन्दोलन, जनयुद्धबाट अंग भंग भएकाहरु डिप्रेशनले कोही सडकमा चिच्चाउँदै हिडेका छन, कोही थला परेका छन त कोहीको मृत्यु भयो । त्यस्ताका पक्षमा कहिल्लै हजुर अनशन बस्नु भयो ? 

उपचार गर्न नसकेर कैयौं नागरिकहरुको अकालमा मृत्यु भएको छ । कसैले आत्मा हत्या गरेका छन । जिवन रक्षाको माग गर्दै कोही सडकमा थाल थापेर बसेका छन । सञ्चार माध्यममा अपिल गरेर कसैले नवजिवन पाएका छन तर राज्यले कानमा तेल हालेर बसेका घटनाहरु पनि यसै निवदेक संग प्रशस्त उदाहरणहरु छन ।

भोकै मर्नु परेका, अन्यायमा परेर आत्मा हत्या गर्न बाध्य भएका नेपालीहरुका पक्षमा कसैले पनि अनशन नबस्ने , ठुला ठुला ब्यवसायीहरुको रक्षाका लागि भने अनशन बस्ने ? यस्तो सवाल पनि सर्वसाधरणले उठाएका छन ।

यस विषयमा अनशन बस्ने अरु कोही छन ?  तपाईको अनशनले गरिव, विपन्न वर्गको हकहित गर्ला जस्तो लाग्दैन भन्छन केहि सरोकारवालाहरु ।  अहिले पनि  नागरिकहरु सरकारले निशुल्क तोकेको औषधी समेत पाउन सकेका छैनन ।

मृगौला प्रत्यारोपण गर्ने एउटा औषधीको मुल्य ८ सयमा पाउनु पर्ने तर ११ हजार सम्म अशुलेको समाचार आई रहेको छ । डाक्टर र औषधीवालाको मिलोमोतो छ । डाक्टरले औषधी सिफारिस गर्दै फलानो पसलमा मात्रै पाईन्छ भनेर भन्छन भने मिलोमोतो छ भन्ने स्पष्ट हुन्छ । यस विरुद्ध अनशन बस्ने को ?

देशको शैक्षिक क्षेत्रमा पनि  सिमित वर्गको मनपरी छ ।  राज्यको ढुकुटीबाट चल्ने सामुदायिक विद्यालयहरु कुनै एक वर्ग समुदाय र ब्यक्तिको निजी सम्पत्तीका रुपमा सञ्चालनमा छन । वर्षऔं सम्म उहि मात्रै व्यवस्थापन समितिको अध्यक्ष र उहि मात्रै  प्रधानध्यापक भई रहनु पर्ने ?  यस्तो घरानिया राणशासन जस्तो एकै ब्यक्ति सधै एकैथलो र ओहदामा ? यस्तो  अन्त्य हुनु पर्छ भन्दै आन्दोलन गर्ने  र अनशन बस्ने को ?

कतिपय समुदायका जनताको छोरा छोरीले स्कुलको मुख देख्न सकेका छैनन  ।  स्कुल भर्नाको वेला घर दैलो कार्यक्रमको नौटङकी गरियो । गजवको कुरा त के छ भने सदरमुकाम तम्घास कै ११ वर्षिय वालक अशोक नेपाली अहिले सम्म स्कुल भर्ना हुन सकेका छैनन ।

सरकार स्वास्थ्य कार्यालय भित्रै छुवाछुद विभेद भएको हालै सञ्चार माध्यममा आयो । गुल्मी कै अस्लेवा स्वास्थ्य चौकी भित्रको कुरा हो । त्यहाँ एउटी दलित समुदायकी अनमी तहकी स्वास्थ्यकमीलाई अर्की व्राम्हण तरकी स्वास्थ्यकर्मीले उनले छोएको पानी र चिया पिउन बाट तर्किने गरेको गुनासो वडाध्यक्षकहाँ समेत पुग्यो । नेपालको संविधानले छुवाछुत मुक्त मुलुक घोषणा गरेको छ । तर व्यवहारमा सरकारी कार्यालय भित्रै छुवाछुत विवेद ।  त्यस विरुद्ध आन्दोलन गर्ने को ?

विकास निर्माणमा पनि मनपरी छ । असारे विकासको परिणाम गुल्मीको रिडी वजारमा डोजरवालाहरुका कारण तिन वटा घर परिवार विस्थाति हुनु परेको छ । त्यति मात्र होईन शौचालयमा शौचा वस्न गएका एक वालक पहिरोले जोखिममा पारेको त्यस शौचालय ढलेर यति वेला जिवनमरणको दोसाँधमा छन । विकास निर्माणमा अनियमित्ता भ्रष्टचार मौलाई रहेको छ । त्यस विरुद्ध आन्दोलनको ज्वाराभाट ल्याउने को ?

खुलेआम हरेक क्षेत्रमा तस्करी, लुटतन्त्र हावी छ । मनपरी विभिन्न ब्यवसायीक क्षेत्र चलेका छन । डाक्टरसाव,  त्यही मनपरी गर्न दिनु नै नेपाली जनताका स्वतन्त्रता र लोकतन्त्र हो ?

अन्तिममाः राष्ट्रको शान्ति सुरक्षा र जनताको स्वास्थ्यका लागि नेपाली सेना र स्वास्थ्य क्षेत्र उतिकै अतिसंवेदनशिल अंग हुन । अहिले स्वास्थ्य क्षेत्रका चिकित्सकहरुलाई आन्दोलित हुन  तपाईको अनशनले जति मलजल गरेको छ ।

भोली कुनै विषयलाई लिएर नेपाली सेनाले विवेक गुमाए यो देश र हामी नेपालीको हालत के होला ?  मानौ कि नेपाली सेना भित्र एउटा जवान फलानो अफिसरले घुस खाएको छ वा भ्रष्टचार गरेको छ कि वा अन्य विभिन्न विषय विरुद्ध वाहिर निस्कीएर अनशन बस्लान । क्रमशः अन्य जवानहरु प्नि त्यसरी नै किस्कीएलान । त्यस वेला यो देशको अवस्था के होला ?

अतिसंवेदनशिल अनशनको परिणाम यस्तो नहोस र डाक्टर केसीबाट यो नसिकनुन कि नेपाली सेना सहित सुरक्षा निकायका मानिसहरु अनशन नबसुन  । सिके राउत जस्ता मधेसवादीहरु मधेस नेपालबाट टुक्राईनै पर्छ भनेर अनशन नबसुन । अनशन रामवाण औषधी नै हो  भने कालापानी , टिष्टा फर्कायोस भनेर अनशन बसुन । भारतले सिमना मिच्दै आएको छ , सिमा क्षेत्रमा वर्दिवालाहरु बाटै नेपाली हेप्पीनु परेको विरुद्ध अनशन वस्ने को ?

देशको शान्ति सुरक्षा र स्वास्थ्य लगायत संविधानमा उल्लेख नागरिकका मौलिक अधिकार माथी धावा बोल्ने कसैलाई छुट छैन । यसमा खलल पुराउने विरुद्ध जनता  अदालत जान सक्छन र सडक तताउन पनि बाध्य हुने छन । यसमा बढो ख्याल गर्नु होला ।  

कुनै व्यक्ति  वा समुहले आफ्नो किर्तिमानी रच्न वा ‘मलाई त्यही केटी चाहिन्छ.. ’ को जिद्धि  पुरा गर्नका लागि अरु लाखौं मानिसको अधिकार खोस्न पाईदैन भन्ने आवाज सर्वसाधरणबाट उठन थालेको छ ।

कृपया डाक्टर केसी ज्यु, अलिकती अरु सर्वसाधरणको पनि मौलिक अधिकारको ख्याल गरी दिनुहोस भन्ने विनम्र निवेदन हो यो । यसलाई अन्यथा नसोची एउटा बौद्धिक ब्यक्तित्वका धनी हजुरले विवेक पुराई दिनुहोस भन्ने पुनः पुनः निवेदन टक्राउन चाहन्छु  र स्वास्थ्य लाभको पनि कामना गर्दछु । बाँकी हजुरको जो आज्ञा……….

निवेदकः प्रेम सुनार, गुल्मी

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल र युएई बीच विगतमा भएक श्रम समझदारी परिमार्जन गर्न मन्त्री विष्टको जोड
Next Article आफैले पढाउने वालिका विद्यार्थीहरुलाई अप्राकृतिक मैथुन, प्रधानध्यापक पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग

57 years ago
काठमाडौँ - KTMसमाज

बग्दादीकी दिदी पक्राउ

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMराजनीति

गुल्मीमा फेरी उदायो सुर्य हँसिया हथौडासंगै

57 years ago
काठमाडौँ - KTMराजनीति

किसान आन्दोलनको माग पुरा नभए निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?