2026-09-15 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा

साउन १८, पर्वत | साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गर्नुभएको छ । बाढीपहिरो पीडितको अवस्था बुझ्न उहाँ गृह जिल्ला पर्वत आउनुभएको हो । 

पहिरोका कारण स्थानीय १२० घर जोखिम पर्नुका साथै १४ घर पूर्णरुपमा विस्थापित छन् । पहिरोले १६ वर्षीय विकास परियारको मृत्यु भएको थियो । गम्भीर घाइते भएका तीनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

अध्यक्ष तिमिल्सिनाले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मृतकका परिवार र विस्थापित परिवारलाई राज्यकोतर्फबाट उचित राहत उपलब्ध गराइने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले पीडित परिवारलाई खाद्यान्न गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लमार्फत वितरण गर्नुभयो । 

जिल्ला विपद् व्यवस्थापन समितिको हालैको बैठकले खोलाको कटान नियन्त्रण गर्न रु तीन करोड ५० लाख ९० हजार माग गर्ने निर्णय गरेको छ । बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखिम नियन्त्रण गर्न नदीकिनारमा तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा संघीय सरकारको भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ