समाज | डोटी - DT


डोटीमा आगलागी पीडितको पालमुनि बास !

Posted on April 15, 2021 | views : 1727 | डोटी - DT

विमलबहादुर विष्ट । बैशाख २, डोटी । सामुदायिक वनमा लागेको ढडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन पीडितको पालमुनि बास भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाई रात बिताउन उनीहरु बाध्य छन ।  सामुदायिक वनमा ला

Read More

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सर्यो

Posted on April 05, 2021 | views : 1184 | डोटी - DT

चैत २३, डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।  उहाँले भन्नुभयो, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व

Read More

चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या

Posted on April 04, 2021 | views : 979 | डोटी - DT

चैत २२, डोटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य श

Read More

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

Posted on April 01, 2021 | views : 1524 | डोटी - DT

चैत १९, डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।  जिल्लाको दिपायल सिलगढी नगरपालिका

Read More

डोटीमा कुप्रथाविरुद्ध टोल–टोलमा प्रहरी अभियान

Posted on March 31, 2021 | views : 1626 | डोटी - DT

चैत १८, डोटी । सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयत

Read More

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

Posted on March 26, 2021 | views : 1310 | डोटी - DT

चैत १३, डोटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य स

Read More

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा...

Posted on March 24, 2021 | views : 1022 | डोटी - DT

चैत ११, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।  प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १

Read More

डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

Posted on March 23, 2021 | views : 1211 | डोटी - DT

चैत १०, डोटी । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्न

Read More

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश

Posted on March 18, 2021 | views : 1213 | डोटी - DT

चैत ५, डोटी । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् ।  जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा  र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ गते मीनाको घर

Read More

डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै, किसान चिन्तित

Posted on March 14, 2021 | views : 1606 | डोटी - DT

चैत १, डोटी । जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । दैनि

Read More

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

Posted on March 12, 2021 | views : 4138 | डोटी - DT

फागुन २८, डोटी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडी

Read More

भूमिहीन बादी परिवारका लागि घर बन्दै

Posted on March 10, 2021 | views : 1638 | डोटी - DT

फागुन २६, डोटी । वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ ।  नगरपालिकाले कार्यव

Read More

जिप्रकामा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

Posted on March 09, 2021 | views : 1426 | डोटी - DT

फागुन २५, डोटी । जिल्ला प्रशासन कार्यालयमा एक वर्षपछि सहायक प्रमुख जिल्ला अधिकारी हाजिर हुनुभएको छ । सहायक प्रजिअ हाजिर भए पनि  छजनाको दरबन्दी अझै खाली रहेको छ । गत वर्ष तत्कालीन सहायक प्रजिअ टेकनारायण पौडेललाई सोही ठाउँको प्रजिअ तोकिएपछि उक्त दरबन्दी खाली रहेको थियो । उहाँको समेत जिल्ला प्रशास

Read More

डोटीमा शिक्षक मृत फेला

Posted on March 04, 2021 | views : 1675 | डोटी - DT

फागुन २०, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भ

Read More

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

Posted on March 01, 2021 | views : 1282 | डोटी - DT

फागुन १७, डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६÷७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले विवाहको उमे

Read More

विद्यालयमा गुनासो पेटिका राखिँदै

Posted on February 28, 2021 | views : 1271 | डोटी - DT

फागुन १६, सुदूरपश्चिम । विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको नमान्दा, नपढ्दा र गृहकार्य नगर्दा दण्ड सजाय पाइँने गरेको गुनासो कतिपय बालबालिकाको हुन्छ । साथीभाइ र अभिभावकवाट पनि विभिन्

Read More

द्रुत मार्ग खुलेपछि डोटीमा बस्ती विस्तार तीव्र

Posted on February 14, 2021 | views : 1246 | डोटी - DT

विमलबहादुर विष्ट डोटी  ।  फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुत मार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । शुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका

Read More

डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एकको मृत्यु

Posted on January 13, 2021 | views : 1404 | डोटी - DT

पुस २९, डोटी | शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा  शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।  घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर

Read More

डोटीमा लामो समयपछि वर्षा

Posted on January 06, 2021 | views : 1363 | डोटी - DT

पुस २२, डोटी | मङ्गलबारदेखि लगातार परेको वर्षासँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ ।  चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्व

Read More

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

Posted on December 30, 2020 | views : 1369 | डोटी - DT

पुस १५, डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।   हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भ

Read More

डोटीका सबै सरकारी कार्यालयमा उजूरीपेटिकामा माकुराको जालो र बारुलाको गोलो

Posted on December 25, 2020 | views : 1465 | डोटी - DT

पुस १०, डोटी । डोटीका प्रायः सबै सरकारी कार्यालयका उजूरीपेटिकामा उजूरी नपर्ने गरेका कारण रित्तो हुँदै गएका छन् । सेवाग्राहीका उजूरी तथा गुनासो पत्र राख्नका लागि राखिएका यहाँका कार्यालयका पेटिकामा उजूरी नै नपर्दा हिजोआज बेकामे जस्तै बनेका छन् । यहाँका सबै कार्यालयमा उजूरी पेटिकाका बाकस झुण्डिएको भए प

Read More

सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान फेरि शुरु

Posted on December 21, 2020 | views : 1346 | डोटी - DT

पुस ६, डोटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रा

Read More

भूकम्पको धक्का महसुस

Posted on December 12, 2020 | views : 3356 | डोटी - DT

मङ्सिर २७, सुर्खेत | भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो । डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थान

Read More

डोटीमा जिप दुर्घटना, चारको मृत्यु, चार घाइते

Posted on December 06, 2020 | views : 1644 | डोटी - DT

मङ्सिर २१, डोटी | डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउ

Read More

डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

Posted on November 30, 2020 | views : 1145 | डोटी - DT

मङ्सिर १५, डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँप

Read More

खप्तडमा हिमपात, एकाएक चिसो बढ्यो

Posted on November 17, 2020 | views : 2031 | डोटी - DT

मङ्सिर २, डोटी | सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा

Read More

राँगाले हान्दा एक जनाको मृत्यु

Posted on November 15, 2020 | views : 1362 | डोटी - DT

कात्तिक ३०, डोटी | जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैल

Read More

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

Posted on November 12, 2020 | views : 1360 | डोटी - DT

कार्त्तिक २७, डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस

Read More