१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कुप्रथाविरुद्ध टोल–टोलमा प्रहरी अभियान

१८ चैत्र २०७७, बुधबार १०:३४

चैत १८, डोटी । सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि उक्त अभियानको थालनी गरेको हो । जिल्लाका विभिन्न गाउँ तथा टोलमा अझै पनि बाल तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थलमा बहुविवाह, बालविवाहलगायत घटना कायमै भएको पाएकाले टोलटोलमा प्रहरी अभियानसँगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका छौँ, सबैको सहयोग जरुरी छ ।”

जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा २० वटा प्रहरी टोली तथा अन्य ग्रामीण क्षेत्रमा रहेका प्रहरी एकाइमार्फत अभियान सञ्चालन गरिरहेको छ । प्रहरीहरुको टोली टोलटोल, स्कूल तथा सार्वजनिक ठाउँहरुमा पुगेर सामाजिक विकृतिविरुद्ध जनचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । टोलटोल र गाउँगाउँमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा बहुविवाह, बालविवाह, छाउपडी प्रथालगायत अन्य कुप्रथा अन्त्यका लागि स्थानीयवासीलाई भेला गराएर चेतनामूलक पोष्टर तथा पम्प्लेट वितरण गर्ने काम गरिरहेका छन् । 

त्यस्तै, प्रहरीले विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतीलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’