२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा…

२०७७, ११ चैत्र बुधबार ०६:३७

चैत ११, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । 

प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एकजना चालकको दरबन्दी वर्षौंदेखि खाली रहेको छ । 

चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता रहेको केआईसिंह गाउँपालिकाबाट आएका सेवाग्राही रमेशबहादुर भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राही दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा साँझपख रित्तो हात फर्किन बाध्य हुने गरेका छन्, कर्मचारी नभएका कार्यालय खोल्नु किन ।” 

पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या अधिक रहेका कारण तोकिएका कर्मचारी अभावका कारण काममा केही समस्या हुँदै आएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीसँग कर्मचारी अभाव छ, कर्मचारी हुँदाहुँदै कसैको काम रोकेका छैनौँ, कर्मचारी नभएपछि कसरी काम गर्नु, समस्या नै छ ।” कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकतालगायत सेवा दिइने व्यवस्था मिलाएको छ । जिल्लाको विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटोछरितो सेवा प्रवाह हुन नसक्दा आफूहरु सास्ती झेल्न बाध्य रहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुको माग गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा प्रजिअ (सहसचिव) एक, सहायक प्रजिअ एक (उपसचिव)सहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये एक, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी पनि खाली छ । 

लामो समयदेखि कर्मचारी अभावमा कार्यालयको कामकाज सञ्चालन गर्न तथा सेवाग्राहीलाई सेवा दिन समस्या हुने गरेको प्रजिअ भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएका दरबन्दीका कर्मचारी नहुँदा कामकाजमा केही समस्या पक्कै भएको छ, समस्या समाधानका लागि पहल हुँदैछ ।” जिल्ला प्रशासनमा खाली भएका दरबन्दी तथा कर्मचारीको विवरण गृह मन्त्रालयमा पठाइसकेकाले गृहले चाँडो कर्मचारी पठाउन सक्नेमा आफू विश्वस्त रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा