२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

२०७७, १५ मंसिर सोमबार ०५:०४

मङ्सिर १५, डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५/१५ शय्याको अस्पताल स्थापना हुने भएको छ । 

जिल्लाको पूर्वीचौकी, केआइसिंह, सायल, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०/१० शय्याका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थानीय तहमा १०/१० शय्याका अस्पताल आज शिलान्यास गरिँदै छ, जसका लागि सबै काम तयारी अवस्थामा छ ।” 

विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । करिब ३८ वर्ष पहिले अस्पताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको उक्त क्षेत्रमा रााजनीतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।

सरुवा रोगसम्बन्धी अस्पताल यहाँका तराईका जिल्लामा स्थापनाका लागि त्यहाँका राजनीतिक दलका नेताले विभिन्न प्रयास गरे पनि अन्ततः डोटीमा उक्त अस्पताल स्थापना हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरुवा रोगसम्बन्धी अस्पताल तराईका जिल्लामा बनाउने नेताबीच निकै खिचातानी थियो, अन्ततः हाम्रो जिल्लामा बन्ने भयो यसैमा हामी खुशी छौँ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण