३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा आगलागी पीडितको पालमुनि बास !

२ बैशाख २०७८, बिहीबार ०७:४२

विमलबहादुर विष्ट । बैशाख २, डोटी । सामुदायिक वनमा लागेको ढडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन पीडितको पालमुनि बास भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाई रात बिताउन उनीहरु बाध्य छन । 

सामुदायिक वनमा लागेको आगो एकाएक भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाईको एक पसल जलेर नष्ट भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गराएको पालको छानो बनाएर उनीहरु रात बिताउन बाध्य भएको जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागी पीडित तीन दिनदेखि सडकमै पाल टाँगेर बसेका छन्, उनीहरुलाई खान, बस्न, सुत्नमा समस्या छ, राहतका लागि पहल हुनसकेको छैन ।” आगलागीका कारण कम्तीमा पनि रु ३० लाख बराबरको पक्की घरसहित अन्य सम्पत्ति क्षति भएको बताइएको छ ।

यहाँका सामुदायिक वनमा लागेको आगो एकाएक भट्टी बजारमा आउँदा आगलागी भएको हो । आगलागीका कारण उनीहरुका होटेल तथा पसलमा भएका सम्पूर्ण सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । पछिल्लो एक महिनाअघिदेखि यहाँका सामुदायिक वनमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँघरमा आगलागी हुन थालेको छ । आगलागीबाट खाद्यान्नसहित लत्ताकपडा जलेर नष्ट भएपछि स्थानीयवासी र छिमेकीले पीडितलाई अहिले राहतस्वरुप आवश्यक सामग्री दिन थालेको भए पनि सरकारी निकयबाट राहतका लागि कुनै पनि पहल नभएको स्थानीयवासी तथा रेडियो घण्टेश्वर एफएमका स्टेशन मेनेजर शिव ओलीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वैशाख महिनाको टन्टलापुर घाममा पीडित खुला सडकमा पाल टाँगेर बसेका छन्, केही स्थानीयवासीले खानलाई दिए पनि सरकारी निकायबाट राहतका लागि कुनै पहल भएको छैन, जो आफैमा दुःखको कुरो हो ।” जिल्लास्थित एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा जलेर पनि नष्ट भएका छन् । 

यहाँका दिपायल सिलगढी, पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन नष्ट हुनाका साथै आगो गाउँ बस्तीमा आउन थालेको दिपायल सिलगढी नगरपालिका– ६ की ऐश्वर्या विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपर्दा सुख्खायामले जङ्गलमा आगलागी भएको छ, सयौँ हेक्टर जमीन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर नष्ट भएका छन् । स्थानीयवासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ । 

डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ । जिल्लामा करीब ३५० सामुदायिक वन छन् । यहाँका सामुदायिक वन प्रायः गाउँघरसँग जोडिएकाले त्यहाँ फैलिएको आगो गाउँमा आउन थालिएकाले अब गाउँ नै जोखिममा परेकोप्रति स्थानीयवासीमा चिन्ता थपिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ