विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरान"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

द्रुत मार्ग खुलेपछि डोटीमा बस्ती विस्तार तीव्र

२ फाल्गुन २०७७, आईतवार ०७:३७

विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुत मार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । शुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । 

बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोवार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पहिले यहाँ व्यापार खासै थिएन, अहिले द्रुत मार्ग खेलेपछि जग्गा कारोवारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फष्टाएको छ ।”

द्रुत मार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोवार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बीच खेत भएर द्रुत मार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।” उहाँका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटोहुँदैे द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोवार बढेको स्थानीयवासीको भनाइ छ । 

डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ द्रुत मार्ग खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारी केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करीब करीब बन्द भएका छन् ।” यहाँका विपीनगर, खसरे, निगाली तथा शिवनगर क्षेत्रमा ठूलाठूला पसल तथा होटेल निर्माण भई सञ्चालनमासमेत आउन थालेको स्थानीयवासी बताउछन् । 

पछिल्लो समय ती स्थानमा घर जग्गाको मूल्य अकासिएको छ । द्रुत मागले छोएका सडक आसपासमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यहाँको विपीनगर तथा शिवनगर  क्षेत्रमा विगतमा रु दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् । 

गाउँका जग्गा सस्तोमा बेचेर शहरी क्षेत्रमा गएकासमेत द्रुत मार्ग खुलेपछि पुनःगाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा गाउँमा सेवा सुविधा नभएको भन्दै तराई झरेका पनि अहिले द्रुत मार्ग खुलेपछि गाउँ फर्किन थालेका छन्, द्रुत मार्ग चहलपहल बढाएको छ ।” सदरमुकामका प्रतिष्ठित व्यापारीलेसमेत यहाँका विपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटेल तथा कृषि फर्म गाउँमै खुल्न थालेको उनीहरु बताउँदछन्  ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी