तथ्यांक नहुँदा पुल मर्मतमा समस्या

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

रमेश लम्साल | पुस २७, काठमाडौँ (रासस) | विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ ।

पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको राजमार्ग लगायतका राजमार्गमा विदेशी प्राविधिक र निर्माण व्यवासायीले निर्माण गरेका पुलको विवरण पाउन नसक्दा मर्मत–सम्भारमा समस्या पैदा भएको हो ।

तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको पूर्व पश्चिम राजमार्गको हेटाँैडा– ढल्केबर–पथलैया खण्डको पुलको विवरण नहुँदा जमिन मुनिको अवस्था तथा मर्मत–सम्भार कसरी गर्ने भन्नेमा समेत समस्या भएको सडक विभाग मातहतको पुल महाशाखका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो ।

“विवरण प्राप्त भएको भए सहजै रुपमा मर्मत गर्न सकिन्थ्यो, कुनै पनि जानकारी र तथ्यांक नभएका कारण मर्मत गर्नसमेत लामो समय लागेको हो,” उहाँले भन्नुभयो ।

पुरानो प्रविधिमा निर्माण भएका मोटर चल्ने पुलको आयु ५० वर्षको हुन्छ । पछिल्लो समयमा निर्माण गरिएको र प्रविधिसमेत नयाँ अपनाइएका पुल भने ८० वर्षसम्म सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

पूर्व पश्चिम राजमार्गको ढल्केबर–पथलैया खण्डको तीन नं पुल मर्मतमा ठूलो समस्या र हैरानी खेप्नु परेको जानकारी दिँदै सिनियर डिभिजनल इन्जिनियर शाक्यले वैकल्पिक मार्गसमेत नरहेको स्थानमा असाध्यै समस्या खडा भएको बताउनुभयो । नेपालको हकमा मर्मतसम्बन्धी प्रविधिमा रहेको कमीका कारण समस्या निम्तिएको उहाँले बताउनुभयो ।

“कुन प्राविधिकले कसरी डिजाइन गरे, कसरी बनाए र त्यसको प्रविधि के थियो भन्नेमा हामीले तथ्यांक राख्न नसक्दा राजमार्गमा पुल मर्मतमा समस्या भएको र सवारी आवागमनमा समेत बाधा परेको छ । हामी सबै उपाय लगाएर असुरक्षित देखिएका पुललाई पहिलो प्राथमिकतामा राखेर मर्मत गरिरहेका छाँै”, शाक्यले भन्नुभयो ।

पथलैया–ढल्केबर खण्डमा मात्रै तत्कालीन सोभियत संघको सहयोगमा ६० वटा पुल बनेका थिए । यस्तै अमलेखगन्ज–दुधौरा खण्डमा रहेको पुलसमेत समस्यामा परेको छ । सो पुल मर्मतका लागि विभिन्न उपायको खोजी भइरहेको छ । सो राजमार्ग खण्डमा तीनवटा पुल हाल मर्मत गर्नुपर्ने देखिएको छ ।

पुराना पुलको मर्मत–सम्भारका लागि महाशाखाले ‘ब्रिज म्यानेजमेन्ट सिस्टम’ लागू गरेको छ । त्यसलाई विद्युतीय विधिबाट सञ्चालन गर्न सकिने र कुन पुलको अवस्था कस्तो रहेको छ भन्ने हेर्न, मर्मत गर्नसमेत सहज हुने उहाँको भनाइ छ । पुराना प्रविधिमा निर्माण गरिएका पुलका कारण धेरैजसो राजमार्गमा समस्या आउने गरेको छ ।

महाशाखाले ल्याउन लागेको नयाँ प्रविधिले पुल मर्मत तथा सम्भारमा समेत सहजता थप्ने विश्वास लिइएको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो ।

“हामी पछिल्लो दिनमा संसारभर विकास भएका पुल मर्मतको प्रविधि भित्र्याउन लागिपरेका छौँ । यस्तै नयाँ प्रविधिको प्रयोग गरेर निर्माण गर्नेतर्फ पनि ध्यान दिएका छौँ । आगामी दिनमा अहिलेभन्दा थप सहजता आउँछ भन्ने मेरो विश्वास छ”, उपमहानिर्देशक थापाले भन्नुभयो ।

थापाका अनुसार हालसम्म विभिन्न स्थानमा रहेका कुल एक हजार ६०० मिटर पुल मर्मत गरिएको छ । यस्तै १० हजार मिटर बराबरको पुल भने सामान्य मर्मत गरिएको छ । हाल ७५ प्रतिशतभन्दा बढी पुराना पुल मर्मत भएका छन् भने २५ प्रतिशत पुल मर्मतको क्रममा नै रहेका छन् । तर समस्या भने विगतमा कुन प्रविधि प्रयोग गरेर विदेशी प्राविधिकले कसरी पुल बनाए भन्ने जानकारी पाउन नै समस्या हुने गरेको सिनियर डिभिजनल इन्जिनियर शाक्यको भनाइ छ ।

जोखिममा रहेको मुग्लिन–तनहुँ जोड्ने पुल महाशाखाले मर्मत गरेको छ । सो पुलको आयुसमेत सकिएकाले मर्मतले मात्रै केही नहुने देखिएको महाशाखाको बुझाइ छ । सो स्थानमा नयाँ पुल निर्माण भइरहेको छ । नेपालमा पुल निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमतामा समेत अभिवृद्धि गर्नुपर्ने देखिएको महाशाखाको बुझाइ छ ।

“क्षमता अभिवृद्धि नगरीकन भौतिक विकास हुन सक्छ भनेर हामीले सोच्यौँ भने त्यसले झनै राम्रो गर्दैन । हामीले हाम्रा प्राविधिक र निर्माण व्यवसायीको समेत क्षमता बढाउनेतर्फ ध्यान दिनु जरुरी भइसकेको छ”, उपमहानिर्देशक थापाले भन्नुभयो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply